Logo

महराले राजीनामा दिएर नैतिकताको पाठ सिकाउनुभयो-शेरबहादुर केसी



काठमाडौं, १९ असोज । नेपाल बार एशोशिएसनका निवर्तमान अध्यक्ष शेरबहादुर केसी हक्की स्वभावका छन् । कानुनका जानकार उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः
देशको राजनीति कतातिर जाँदैछ ?
मुलुकमा यतिखेर दुई तिहाईको सरकार छ । यसले जे काम गर्दै छ । त्यो लोकतन्त्र, संविधानको विपरीत भइहेको छ । यो सरकार लोकतान्त्रिक मान्यता अनुसार चलेको छैन । पछिल्लो समयमा जसरी मानव अधिकारलाई खुम्च्याउन खोज्ने, मिडिया विधयक ल्याएर त्यसमार्पmत पत्रकारलाई कारबाही गर्ने जस्ता जे–जति कामहरु भइराखेका छन् । त्यसले लोकतन्त्रको बाटो बिराएर एकदलीय तानाशाह सिस्टमतिर मुलुकलाई घिसार्न थालेको छ । निरंशुकतातिर जान खोजिरहेको छ ।
हाम्रो देशमा यत्रो स्वतन्त्रता छ निरंकुशतातिर जान सक्छ र ?
संविधान जे–जस्तो व्यवस्था गरिएका छन् । त्यो अनुसार यो सरकार चल्नुपर्छ ।
सरकार संविधान अनुसार चलेको छैन र ?
भन्दा–भन्दै पनि उसले आफ्नो बाटो छोड्न खोजेको देखिन्छ । जसरी पछिल्लो विभिन्न विधेयकहरु ल्याएर मिडिया काउन्सिलमार्पmत पत्रकारहरुलाई जेल हाल्ने, समाचार लेखेकै भरमा थर्काउने, धम्क्याउने, विभिन्न खाले टर्चर गर्ने गरिएको छ । मानव अधिकार आयोगलाई कन्ट्रोल गर्ने, जति पनि संवैधानिक निकायहरु छन् तिनलाई कन्ट्रोल गर्ने काम भएका छन् । हुँदाहुँदा संवैधानिक निकायका बजेटै अहिले अर्थमन्त्रालयबाट लिनुपर्ने रे स्वीकृति भइसकेपछि पनि । त्यसैले यसले डेमोक्रेटिक सिस्टमलाई छोडेर एकतन्त्रीय निरंकुशतातिर लागिरहेको छ । म त अझ भन्छु नेपालमा कम्युनिष्ट ब्राण्डै चाहिँदैन । कम्युनिस्टका कारण अहिले सारा लगानीहरु ठप्प भएका छन् । लगानीका लागि विदेशीहरु आउँदैनन् । कोठामा बसेर नेपालमा हामीले यस्तो गरेका छौं उस्तो गरेका छौं भन्नु एउटा पाटो हो । तर, विदेशीले जसरी नेपालमा लगानी गर्नेपर्ने थियो । त्यो नेपालमा कम्युनिस्ट भएकै कारणले रोकिएको छ ।
चीनका राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ उहाँले त नेपाललाई सक्दो सहयोग गर्ने भन्नुभएको छ नि ?
हाम्रो मित्रराष्ट्र नेता हो । उहाँ आउनुहुन्छ । उहाँलाई राम्रो स्वागत, सत्कार गर्नुपर्छ । उहाँले नेपालको लागि कति सहयोग गर्न हुक्नुहुन्छ । चीनबाट नेपालले कति आशा गर्ने भन्ने हो । अस्ति गोरखापत्रमा एउटा अन्तर्वार्ता आएको त्यसमा ठूला शाखा गर्ने भन्ने आसयको थियो । त्यसैले धेरै आशा पनि गर्नुहुँदैन । फेरि उहाँको ट्रान्जिट प्वाइन्ट हो जस्तो लाग्छ । इण्डियामा ५ दिन बस्ने अनि चाइना फकिँदाखेरी नेपालमा १ दिन बसेर जाने भन्ने किसिमको देखिएको छ । त्यो पनि हाम्रो लागि खुशीको कुरा हो । हामीलाई चाइनिजहरुले जुन सयहयोग गर्न खोजिरहेको छ । त्यसमा उहाँहरुलाई धन्यवाद दिनुपर्छ । त्यस्तै मित्रराष्ट्र इण्डिया पनि छ । त्यसैले इण्डिया र चाइनाबीच तटस्थता मेन्टेन गरेर दुवै देशसँग असल छिमेकी मित्रराष्ट्रको व्यवहार गर्नुपर्छ ।
चीनले नेपाललाई आफ्नो मुठीमा लिँदैछ त्यो सही हो ?
दुईतिहाईको कम्युनिस्ट सरकार भएकाले मलाई त्यस्तै लाग्छ । यो सरकार चाइनातिर ढल्केको जस्तो देखिन्छ । तर, हाम्रो संविधान र सिस्टमले त्यसरी ढल्किन मिल्दैन । कम्युनिस्ट भएकै कारणले हामी चानाइलाई धेरै मान्छौं भन्ने कुरा आउँदैन । चाइना र इण्डिया दुवै ठूला छिमेकी देशहरु हुन् । उनीहरुलाई समानताको बेसिक प्रिन्सिपल, मानव अधिकार र फन्डामेन्टल फ्रिडमको आधारमा दुवैसँग समान मित्रवत व्यवहार गर्नुपर्छ । यी कुरा बिर्से चाइनिज सिस्टमलाई लागु गर्न खोज्यौं भने नेपालमा ठूलो दुर्भाग्य हुन्छ । नेपालबाट त कम्युनिस्ट ब्राण्डै हटाउनुपर्छ ।
नेपाल सिको विचार जान सक्दैन ?
चाइनाको सिस्टम ल्याएर नेपालमा शहरदेखि गाउँसम्म प्रशिक्षण गर्नु मुलुकको लागि फलदायी होइन । बरु मदनभण्डारीको विचारलाई गाउँसम्म लगे हुन्छ । अहिले मुलुकमा जुन सरकार छ । त्यो मदन भण्डारीवादले आएको हो । जसरी उहाँले बहुदलीय प्रतिस्पर्धाको जुन सिस्टम ल्याउनुभयो त्यसले जितेको हो । दुनियाँमा कम्युनिस्टहरुले चुनाव जितेको रेकडै छैन बहुदलमा । पश्चिम बंगालमा थियो । पछि बढारियो । त्यसपछि इण्डियामा कुनै कम्युनिस्टहरुले चुनाव जित्न सकेनन् । अरु मुलुकमा कहिं छैन । बहुदलीय प्रतिस्पर्धामा कम्युुनिस्टले चुनाव जितेर आएको । त्यो नेपालमा मात्रै हो । यसलाई मदन भण्डारीवादसँग लगेर जोड्नुपर्छ । मदन भण्डारीले आफ्नै समयमा बहुदलीय प्रतिस्पर्धासँग जोड्नुपर्छ भन्नुभएको थियो । उहाँको सिस्टम अनुसार सोसलिष्ट डेमोत्र्mयाटिक लिबरल पार्टी भयो भने अलग कुरा हो । तर, अहिले जसरी कम्युनिस्टको ब्राण्ड लिएर शासन गर्न खोजिँदै छ । त्यो यो मुलुमा चल्दै–चल्दैन त्यो ब्राण्डै चेन्ज गर्नुपर्छ उहाँहरुले ।
कृष्णबहादुर महराविरुद्ध बलात्कारको जाहेर परेको छ अब के होला ?
उहाँ आपैmले पनि घटनाको निष्पक्ष छानविन होस् भनेर सभामुख पदबाट राजीनामा गर्नुभएको छ । यसले नेपाली नेताहरुलाई पनि ठूलो पाठ सिकाएको छ । जब घटना मिडियामार्पmत बाहिर आयो । त्यसपछि महराजीले उदारता पूर्वक नैतिक देखाउनुभएको छ । घटनाको निष्पक्ष छानविन होस् भनेर ठूलो त्याग गर्नुभएको छ उहाँले । जसरी उहाँले सभामुख पदबाट राजीनामा दिनुभयो यो भोलिका राजनीतिज्ञहरुलाई ठूलो उदाहरण हो । जस्तो शेरबहादुर तामाङले पनि नैतिकताको आधारमा राजीनामा गर्नुभयो । महराजीले गर्नुभयो, सत्यतथ्य छानविन होस् भनेर उहाँले पनि भन्नुभएको छ । नेपाली जनताले पनि थाहा पाउनुप¥यो । त्यसैले सत्यतथ्य छानविन गरेर एउटा निष्कर्षमा आउनुपर्छ । आउँछ होला । विभिन्न मिडियामार्पmत प्रहरीले भनिरहेको छ । हामीले प्रमाणहरु छानविन गरिराखेका छौं भनेर । यसको रिजल्टको लागि केही समय तपाईं, हामीले पर्खनै पर्छ ।
तर रोशनी शाहीले पहिला मलाई मदिरा खुवाएर बलात्कार प्रयास भयो भनिन्, पछि फेरि होइन भनिन्, तपाईलाई के लाग्छ ?
उहाँका त तीनवटा भर्सन आएका छन् । पहिलो पटक मदिरा खुवाएर बलात्कार प्रयास भयो भन्नुभयो, भोलिपल्ट आएकै होइन भन्नुभयो फेरि अस्तिमात्रै उहाँले बलात्कारको प्रयास ग¥यो भनेर तीनवटा भर्सन बोल्नुभएको छ । त्यसैले यो घटना तपाईं हाम्रो दायराभन्दा पनि नेपाल सरकारको सरकारी वकिल र प्रहरीको डिउटीभित्र पर्छ । उहाँहरुले त्यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ । महरा मापैmले घटनाको सत्यतथ्य छानविन होस् भनेर राजीनामासमेत दिइसक्नुभएको छ । उहाँहरुले भनिसकेपछि हामीहरुले नेपाल सरकार र प्रहरीलाई खबर गर्नुप¥यो भने के अर्थ । त्यसैले प्रहरी र सरकार वकिलको के भर्सन आउँछ त्यसपछि तपाईं, हामीले जसरी डिबेट गरिरहेका छौं त्यसको टुंगो आपैm लाग्छ ।
रोशनी शाहीले जसरी प्रहरीमा जाहेरी दिनुभएको छ यसको कारण के रहेछ ?
मलाई कसरी थाहा हुन्छ । म त मिडियाहरुले जे लेखिरहेको छ, भनेको छ त्यही हेरिरहेको छु । त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउने हो । यो प्रहरी र सरकार वकिलको जिम्मा छ । त्यसपछि महराजी र रोशनी शाहीको पनि जिम्मा छ । यो घटना दुखद् हो किन भने हाम्रो सभामुख जस्तो पद मुलुकै लागि गौरवको विषय पनि थियो । उहाँ दाङको मान्छे हो म दाङसँग जोडिएकाले हामीले उहाँ सभामुख हुँदा गौरव गरेका थियौं । त्यसैले यो दुखद् घटना हो । यसको सत्यतथ्य बाहिर आओस् । यसको चाँडोभन्दा चाँडो टुंगो पनि लाग्नुपर्छ ।
त्यसो भए नेपाल प्रहरीले महरालाई नियन्त्रणमा लिन सक्छ ?
त्यो त नेपाल प्रहरीलाई नै सोध्नुपर्छ । हिजो एसएसपी सावको अन्तर्वार्ता सुन्दै थिएँ । हामीले जाहेरी दायर गरिसक्यौं भनेर अरु मलाई थाहा छैन । यो बारेमा आइजीपीसँग सोध्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्