Logo

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपाल र नेपालीका लागि गौरवपूर्ण-सञ्चारमन्त्री बास्कोटा



गोकुलप्रसाद बाँस्कोटा कुनैबेला पत्रकारितामा सक्रिय थिए । पत्रकारिताबाट राजनीतिमा होमिएका उनी प्रष्ट र खरो बोल्छन् । सूचना, प्रविधि तथा सञ्चारमन्त्री बास्कोटासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
चिनियाँ राष्ट्रपति भ्रमणको सरकारले तयारी ग¥यो ?
गरिरहेको छ ।
एजेन्डाहरु के के छन् ?
मुख्य कुरा त आपसी, सद्भा, विश्वास, विकासनिर्माणमा साझेदारी विषय नै हुन्छन् । खासगरी विकासमा, सद्भावमा र विश्वजनमतमा सँगसँगै अगाडि बढ्ने कुरा हुन्छन् । बहुआयामिक विषयहरु यसमा हुन सक्छन् । खासगरी मूल थिम चाहिं यति नै हो ।
प्रधानमन्त्रीले त यो भ्रमण निकै उपलब्धिमुलक हुन्छ भन्नुभएको छ नि ?
महामहिम राष्ट्रपति सि जिन फिनको नेपाल भ्रमण त्यो पनि झन्डै अढाई दसकपछि नेपालमा हुने कुरा नेपाल राष्ट्र र नेपाली जनताका निम्ति आपैmमा एउटा गौरवपूर्ण विषय हो । सँगसँगै हामीले यसको उच्चाईको हिसाले गर्दा पनि एकदमै उच्चस्तरको भ्रमण हो । यो भ्रमणमा हामीले आशा गरेका छौं । नेपाल राष्ट्र, नेपाली जनता र हाम्रा साझा चासोका विषयमा उपलब्धिमूलक हुने छ । र सम्माननीय प्रधानमन्त्रीले भने भैंm यो हजारौंहजार वर्षदेखि हाम्रो सम्बन्ध समस्यारहित बन्दै आएको छ । त्यसले अर्को एउटा इँटा थप्ने छ । र अर्को एउटा कोसेढुंगा सावित हुने छ ।
यो भ्रमणले चीनले नेपाललाई कति सहयोग गर्नसक्छ ?
यो अंकमा जोखिने, बजारमा गएर भाउ गर्ने जस्तो विषय भएन । त्यो रुपमा हामीले यो भ्रमणलाई हेर्नुहुँदैन । मैले अघि पनि उल्लेख गरेको छु । यो नेपालका निम्ति चीनले पनि दिएको महत्व हो । हामी सुख, दुःखका हजारौं वर्षका साथी हौं । र, हामी सँगसँगै अघि बढ्नेछौं भन्ने सन्देश पनि हो यो । विश्वजनमतलाई पनि यो सन्देश हो । आज चीन विश्वभरकै आकर्षणको केन्द्र हो । अवश्य नै हामी विकासमा चीनलगायत सबै मित्रराष्ट्रहरुको साझेदारी चाहन्छौं । सँगै सद्भाव र सहयोग पनि चाहन्छौं । हामीले तोकेका क्षेत्रहरुमा हामीले आवश्यकता महसुस गरेका क्षेत्रहरुमा त्यो हामी गरिछाड्छौं । बीआरआईको जहाँसम्म कुरा छ यो विश्वसँग कनेक्टिभिटी जोड्ने कुरा हो । यसले जीवन यापन, उत्पादन, बजारलाई जोड्ने र सहज बनाउँछ । यो मानबीय, क्षमता र ज्ञानले उत्पादन गरेका वा सिर्जना गरेका चिजहरु सबैसित बाँडेर लिने एउटा अवसर पनि हो । बीआरआईमा हामी गएको होइन, नेपाल राष्ट्र गएको हो । यसमा नेपाल मात्र होइन धेरै राष्ट्रहरु जस्तै युरोपलगायत विश्वका देशहरु सामेल भइसकेका छन् ।
तर भारतको त बीआरआई असहमति छ नि ?
त्यसमा त हामीले अहिले यत्ति मात्रै भन्न सक्छौं । हाम्रा साझा चासोहरुमा हामी कुरा राख्न सक्छौं । बीआरआईमा भारतको आफ्नै दृष्टिकोण हुन सक्छ । अमेरिकाको आफ्नै दृष्टिकोण छ । प्रत्येक राष्ट्रहरुको आ–आफ्नै दृष्टिकोणहरु हुन सक्छ । तर, हामीले यो कुरा स्पष्ट रुपमा बुझ्नुपर्छ । हामीले काम गर्दा अर्को देशसँग जोडेर होइन आफ्नो आवश्यकतासँग जोडेर गर्नुपर्छ । त्यसैगरी भारतसँग पनि कुनै काम गरिरहँदा अर्को देशसँग जोडेर गर्नुहुँदैन । अमेरिकासँग गर्दा पनि अर्को देशसँग जोडेर हुँदैन । File Photo



प्रतिक्रिया दिनुहोस्