Logo

चीनका राष्ट्रपति सिकाे स्वागतका लागि तीब्र , आज सवारीको पूर्वाभ्यास



काठमाडौं २० असोज । चीनका राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ । सी भारतमा एकरात बसेर भोलिपल्ट नेपाल आउने तय भएको छ ।

भ्रमण मिति सार्वजनिक हुन भने बाँकी छ । अत्यन्त गोप्यरुपमा भ्रमणको तीब्र तयारी भइरहेको छ ।’ यसैबिच, सिको भ्रमणको सुरक्षा र राजकीय सवारीको अभ्यास आज गरिँदैछ । नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सि ओर्लिएपछि उनको सवारी, गार्ड अफ अनरको अभ्यास गर्ने छ ।

सुरक्षा स्रोतका अनुसार एयरपोर्टमा सिको विशेष विमान उत्रिएपछि सिलाई होटल सोल्टी पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि हाँनको सवारी शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सि होटल सोल्टी फर्किनुहुनेछ । बाँकी सबै भेटवार्ता त्यहीँ हुनेछन् । सिको सवारीपूर्व तीन घण्टा सडक बन्द हुनेछ ।



प्रतिक्रिया दिनुहोस्