Logo

संसद रहेको बानेश्वरस्थित सम्मेलन केन्द्रमा राहु केतुको बास छ-ज्योतिष दिगम्बरराज तिम्सिना



काठमाडौं, २० असोज । पण्डित ज्योतिष दिगम्बरराज तिम्सिना इतिहास र वर्तमानका बारे जति विश्लेषण गर्छन् भविष्यवाणी गर्न पनि निपुर्ण छन् । उनले गरेका भविष्यवाणीहरु मिलेका छन् । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

दशैंको महत्वको बारेमा बताइदिनुस् न ?
विजया दशमीले नवभगवतीको विशेष महत्व रहेको हुन्छ । घटस्थापनादेखि नवरात्रसम्म नौं मुठी चामल, नौवटा सुपारी, नौंवटा सिक्का पैसासहित देवीको प्रतिमूर्ति राखेर विशेष तरिकाले पूजा गरिन्छ । यसमा दूर्गाभगवती, चन्द्रघण्टा, कालारात्री, महागौरी इत्यादि नव दूर्गामा यावत देवहरुको आरधना र पूजा अर्चना गरिन्छ । देवीको अलौकिक शक्ति जब मानिसको मानसपटलमा जागृत हुन्छ । उसमा भएका दुश्कर्म, वाधा, वेवधानलगायत समस्याबाट मुक्त भई सारा शक्तिले आन्दमय बनाउँछ ।
महाअष्टमी र महानमीको दिन बली दिने चल छ, त्यो ठीक हो कि होइन ?
बली दिनु हानिकारक छ । परमात्मा जगतकी माता भगवतीका सन्तानलाई मूर्तिमा लगेर रातो रगत चढाएर धर्मको नाममा हत्या, हिंसा गर्नु हाम्रो र स्वयं भगवतीको लागि पनि घातक हुन्छ । यो न त भगवतीलाई सैह्य हुन्छ, न त परमात्मालाई सैह्य हुन्छ । जाने पूजा नजाने भुजा । धर्मको नाममा पशुबली दिनु महापाप हो ।
शक्तिपीठहरुमा आज पनि बली दिइरहिएको छ नि ?
अल्पज्ञान भयंखर । परापूर्वकालदेखि ‘बाबुले हजुर बाबुको श्रद्धमा घरको बिरालो बाध्थे, छोराले गाँउमा बिरालो खोज्ने जान्थे’ भन्ने सिको गर्दै आएका छन् । धर्मशास्त्र, नीतिशास्त्र सबैमा महाविद्याको साधनामा बली दिनु उचित होइन । नबुझेर उहाँहरुले परापूर्वकालदेखि नै आफ्नो जिब्रो स्वादिलो बनाउन बली दिने चलन गरेका हुन् । परमात्मा जगत पिता, भगवती माताले बली खानुहुन्छ भनेर बली दिएर रगतको होली खेल्ने काम भएको छ । दक्षिणकाली, गोरखकाली, मनकामनाको नाममा बली दिनु महापाप हो । बली दिएर कुनै कार्य सिद्ध हुँदैन । यसले बिघ्नवाधा, शनी, अढाइया, राहु, केतुलगायत विभिन्न समस्याहरु आपूmले भोग्नुपर्ने हुन्छ ।
हाम्रो देशमा बली दिँदा भगवान खुशी भएर मनकामना पूरा हुने भन्ने प्रचलन छ नि ?
बली दिनु भनेको लोभ, मोह, अहंकार हो । भगवान रामले रावणालई बध गर्नका लागि नौं दिनसम्म कठोर साधना गर्नुभयो । रावणका सेना थिए । सबै एकजुट भएर सावणलाई जोगाउन थालेका थिए । उनीका सेनालाई हटाएर रामले रावणलाई बध गरिदिनुभयो । रावणको बध भइसपछि उसका सेना भगवान रामतिर जाइलागे । त्यसपछि रामले उसका सेनापतिलाई बध गरिदिनुभयो । त्यसपछि लोभ, मोह, अहंकार सबै त्यागरे जगतमाता भगवती समक्ष चढाएर आजबाट म यो काम गर्ने छैन । विशेष तरिकाले त्यसलाई निरुत्साहित गर्ने हो । तर, बली दिनुपर्छ भन्ने कुनै शास्त्रमा लेखिएको छैन । म पनि यसपक्षमा छैन । खाने इच्छा हुने अर्को तरिकाले खाए हुन्छ । त्यहाँ भगवतीको नाम नलिइकन खानुपर्छ ।
भोलि टीकाको साइत कति बजे छ ?
१० बजेर ३५ मिनेटमा टिका लगाउने मान्छे पूर्व फर्कने, लगाइदिने मान्छे पश्चिम फर्कने । विशेष तरिकाले पञ्चतव्ये खाने, सुनपानी खाने, चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने । अनि आशिर्वाद दिने । धर्मशास्त्र, ज्योतिषशास्त्रमा पनि बताइएको छ ।
दशैंको कुरा गरिरहँदा देशको भविष्यको बारेमा बताइदिनुस् न ?
देशको भविष्य भन्नु पर्दा संविधानसभाको भवनमा शनि, राहुँले बास गरेको छ । पहिला भवन बनाउँदा पनि स्वस्तिशान्ति गरेको छैन । देशका हस्तीहरु प्रधानमन्त्री, गृहमन्त्री, पत्रकारहरु सबै बसेर विशेष महासंकल्प गर्नुपर्ने अति आवश्यक छ । यी कारणले देशमा अशान्ति, भय सिर्जना भएको छ । त्यसलाई चिर्नको लागि महासंकल्प गराउनुपर्छ । अनि सुख, शान्ति, समृद्धितिर मुलुक जान्छ । नत्र अशान्ति, अनिष्ट, भ्रष्टिकरणहरु मडारिइरहन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष तपाईं हुनुहुन्छ हो ?
हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छँदैछैन । यसलाई जरैदेखि मल, जल गरेर मजबुद बनाउनुपर्छ । त्योको लागि अतिनै गोपनीयता, अति नै दूर्लब शक्तिशाली भगवतीलाई साची राखेर समस्त विश्व ब्रम्हाण्डमा रहनुभएका पूर्वीय शास्त्र साधना गर्ने व्यक्तिहरुप्रति शक्तिशाली महामन्त्र आजको महानमी तिथिमा नमन गराउँन चाहन्छु ।
नेपाल विकासको यात्रामा अगाडि बढ्छ कि द्वन्द्वमा जान्छ ?
अब देशमा चन्द्रमा र सूर्य बलवान हुन्छन् । त्यसपछि सबै पार्टीका नेताहरुमा दूरदृष्टि भावना जागृती हुन्छ । त्यसले मैले अघिनै भनेको छु । संविधानसभा भवन जहाँ सांसदहरु बस्छन् । त्यो ठाउँमा विशेष गरेर दूर्गा र महाविद्य देवीको शक्ति जागृती गरेमा देशमा शान्ति, समृद्धि, विकास, निर्माण हुन्छ । देवीको साधनाले विशेष खालको उर्जा आउँछ ।



प्रतिक्रिया दिनुहोस्