Logo

बढी भाडा लिने छ सवारीसाधन नियन्त्रणमा



दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ ।

दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उहाँले यस क्रममा बढी भाडा असुल गरेको छ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताए । मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उनले सबैसँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्