Logo

धर्मका नाममा बली दिनु महापाप- ज्योतिष दिगम्बरराज तिम्सिना



बली दिनु हानिकारक छ । परमात्मा जगतकी माता भगवतीका सन्तानलाई मूर्तिमा लगेर रातो रगत चढाएर धर्मको नाममा हत्या, हिंसा गर्नु हाम्रो र स्वयं भगवतीको लागि पनि घातक हुन्छ । यो न त भगवतीलाई सैह्य हुन्छ, न त परमात्मालाई सैह्य हुन्छ । जाने पूजा नजाने भुजा । धर्मको नाममा पशुबली दिनु महापाप हो ।

जसरी शक्तिपीठहरुमा बली दिइरहिएको छ, अल्पज्ञान भयंखर । परापूर्वकालदेखि ‘बाबुले हजुर बाबुको श्रद्धमा घरको बिरालो बाध्थे, छोराले गाँउमा बिरालो खोज्ने जान्थे’ भन्ने सिको गर्दै आएका छन् । धर्मशास्त्र, नीतिशास्त्र सबैमा महाविद्याको साधनामा बली दिनु उचित होइन । नबुझेर उहाँहरुले परापूर्वकालदेखि नै आफ्नो जिब्रो स्वादिलो बनाउन बली दिने चलन गरेका हुन् । परमात्मा जगत पिता, भगवती माताले बली खानुहुन्छ भनेर बली दिएर रगतको होली खेल्ने काम भएको छ । दक्षिणकाली, गोरखकाली, मनकामनाको नाममा बली दिनु महापाप हो । बली दिएर कुनै कार्य सिद्ध हुँदैन । यसले बिघ्नवाधा, शनी, अढाइया, राहु, केतुलगायत विभिन्न समस्याहरु आपूmले भोग्नुपर्ने हुन्छ ।

बली दिनु भनेको लोभ, मोह, अहंकार हो । भगवान रामले रावणालई बध गर्नका लागि नौं दिनसम्म कठोर साधना गर्नुभयो । रावणका सेना थिए । सबै एकजुट भएर सावणलाई जोगाउन थालेका थिए । उनीका सेनालाई हटाएर रामले रावणलाई बध गरिदिनुभयो । रावणको बध भइसपछि उसका सेना भगवान रामतिर जाइलागे । त्यसपछि रामले उसका सेनापतिलाई बध गरिदिनुभयो । त्यसपछि लोभ, मोह, अहंकार सबै त्यागरे जगतमाता भगवती समक्ष चढाएर आजबाट म यो काम गर्ने छैन । विशेष तरिकाले त्यसलाई निरुत्साहित गर्ने हो । तर, बली दिनुपर्छ भन्ने कुनै शास्त्रमा लेखिएको छैन । म यस पक्षमा छैन । खाने इच्छा हुने अर्को तरिकाले खाए हुन्छ । त्यहाँ भगवतीको नाम नलिइकन खानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्