Logo

नेपालले बिहिबार विश्वकप छनोट खेल्दै, दशैं नभनी अष्ट्रेलियासँग भिड्ने तयारी



काठमाडौं, २० असोज । कतार विश्वकप फुटबलको छनोट अन्र्तगत नेपालले अष्ट्रेलियाविरुद्ध २३ असोजमा प्रतिष्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा नेपालले एक खेल जीत र एक हार व्यहोरेको छ । छनोट हुने सम्भावना बलियो बनाउन लागि नेपालले अष्ट्रेलियाविरुद्ध खेल जित्नुपर्ने हुन्छ । तर, विश्वकप खेलिसकेको बलियो टोलीसँग उसकै मैदानमा जीत निकाल्न सहज छैन ।

दशैंमा नेपाली फुटबल टोलीका सदस्य देशबाहिर छन् । टोली अष्ट्रेलिया पुगिसकेको छ । क्यानबेरामा हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

विश्व फुटबल वरियतामा आफूभन्दा धेरै माथिल्लो स्थानमामा रहेको देशसँग नेपालले उसको घरेलु मैदानमा खेल्नुपर्नेछ । यसकारण पनि नेपाली टोली दबाबमा पर्न सक्छ ।

यसअघि कुवेतसँग ७-० ले पराजित भएको नेपाली टोली ताइवानलाई उसकै मैदानमा २-० ले हराएर उत्साही भएको छ । तर, ताइवानसँग अष्ट्रेलियाको तुलना गर्न मिल्दैन । अष्ट्रेलिया विश्वकप खेल्दै आएको देश हो । उसले सन् २०१८ मा रुसमा भएको विश्वकपमा पनि सहभागिता जनाइसकेको छ ।

अष्ट्रेलियाको आक्रमणलाई रोक्न सकेर बराबरी नतिजा निकाल्न सक्नु पनि नेपाली टोलीको ठूलो सफलता हुनेछ । Photo Credit: ANFA



प्रतिक्रिया दिनुहोस्