Logo

एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तको खुलासा : मलाई ओली, प्रचण्ड र देउवाको समर्थन छ (भिडियोसहित)



काठमाडौं, २० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन यही असोज २८ र २९ गते हुँदैछ । उक्त महाधिवेशनलाई लक्षित गरेर संघको नेतृत्वको लागि यसका अभियन्ताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गर्ने क्रम जारी छ ।

अहिलेसम्म नेतृत्वको लागि कुमार पन्त र कुल आचार्यले आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् । संघमा पछिल्लो समय राजनीति हावी भएको आरोप लाग्न थालेको छ । तर, अध्यक्षका उम्मेद्धवार यो कुरा मान्न तयार छैनन् । उनले आफू विशुद्ध गैरआवासीय नेपालीहरुको साझा उम्मेद्धवार भएकोले संघभित्र राजनीति हुन नदिने अठोट गरे । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु नेतृत्वको लागि सर्वसम्मत गर्न प्रयासरत रहेको पनि खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्