Logo

दशैंको शुभकामना साट्न प्रधानमन्त्री ओली झापा पुगे



काठमाडौं, २० असोज । यो वर्षको दशैंको शुभकामना आदानप्रदान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार दमक नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री झापा गएका हुन्।

सोमबार १० बजे झापा पुगेका उनी चार बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले २०५१ सालदेखि निरन्तर बडादशैंका अवसरमा झापामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएका छन्। कार्यक्रमको व्यवस्थापन नेकपा झापाले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्