Logo

यस्तो छ मेस्सीको यो सिजनको पहिलो गोल (भिडियोसहित)



काठमाडौं, २० असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बलियो सेभियामाथि शानदार जित हात पारेको छ । आइतबार रातिको खेलमा बार्साले सेभियामाथि ४–० को जित हात पारेको हो। उक्त खेलमा स्टार मेस्सी गोल गर्न सफल भए। यस गोल नयाँ सिजनको मेस्सीको पहिलो गोल हो। बार्साको जितमा स्वारेजले खेलको २७ औं मिनेटमा सुरुवाती गोलगर्दा ओउसमान डेम्बेलेले खेलको ३५ औं मिनेटमा दोस्रो गोल गरे।

https://youtu.be/-eu7shayWFM

मेस्सीले खेलको ७८ औं मिनेटमा तेस्रो गोलगर्दा ८७ औं मिनेटमा रोनाल्ड अराउजोले अन्तिम गोल गरे। यस जितसँग बार्सा लिगमा १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ। लिगमा १८ अंक भएको रियल मड्रिड शीर्ष स्थानमा छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्