Logo

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्य



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानिमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज त्रिचालिस उनानतिस नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको हो । जित सडकबाट करिब ३०० मिटर तल खसेको थियो । चालक सहित अन्य ५ जना घाईते छन् ।

१ जना बच्चा, चालक र ४ घाईतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकका अनुसार ब्रेक फेल भएर गाडि दुर्घटना भएको हो ।

उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताएका छन् ।

घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानि र स्थानियको टोलिले उद्वार गरेका थिए । घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्