Logo

रोशनी शाही पनि कानुनबाट बच्दिनन्, जेल जान सक्छिन्- वरिष्ठ अधिवक्ता विष्णु भट्टराई



काठमाडौं, २० असोज । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईसँग कानुनका क्षेत्रमा लामो अनुभव छ । उनले महरा प्रकरणको चिरफार गर्दै यसको कानुनी प्रक्रिया, जटिलता र सम्भावनाबारे सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिजो यौन दूव्र्यवहारको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ, अब के हुन्छ ?
फौजदारी अभियोगमा नेपाल प्रहरीले गिरफ्तार गर्ने नियमित प्रक्रिया हो । कानुनको अगाडि सबै समान छन् । प्रहरीले अदालतको अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न पाउँछ । मुद्दाको अनुसन्धानका लागि । त्यसपछि अदालतमा मुद्दा प्रस्तुत हुने हो । अदालतले मुद्दाको सम्वेदनशीलता, कसुर र प्रमाणका आधारमा त्यसलाई हेरेर पूर्पक्षका लागि थुनामा राख्ने अथवा तारिखमा राख्ने भन्ने कुराको निष्कर्ष निकाल्छ । आमप्रक्रिया यही हो ।
यो मुद्दामा राजनीतिकरणको सम्भावना देख्नुहुन्छ ?
निश्चित रुपमा उहाँको विगत र वर्तमान पनि राजनीतिसँग जोडिएको कारणले राजनीति पृष्ठभूमि अदृश्य त हुन्छ । तर, अहिले हामीले सामान्य कुरा गर्दा कसुर लागेको आम मान्छेलाई जुन प्रकारको प्रक्रिया चल्ने हो त्यही नै प्रक्रिया उहाँलाई पनि चल्छ । यसमा राजनीतिक गन्ध छ कि छैन, अन्य शक्तिले खेलेका छन् कि छैनन् भन्ने त मुद्दाको मिसिलमा प्रमाण हुँदैन ।


उहाँमाथि अनुसन्धान प्रक्रिया सुरु हुन्छ ?
निश्चित रुपमा हुन्छ ।
उहाँलाई सजाय के कति हुन्छ ?
हाम्रो फौजदारी संहिताको दफा २१९ देखि २४ सम्म यसको बारेमा व्यवस्था छ । १८ वर्ष उमेर नागेको मान्छेलाईं जबर्जस्ती करणी भएको रहेछ भने ७ देखि १० सम्म कैद सजाय हुन्छ । तर यो कसुरको प्रयास भन्ने जाहेरी आएपछि त्यसको आधा सजाय हुने हो । मैले कति मात्रै निवेदन गर्न खोजेको भने अहिले जुनसुकै अभियोग उहाँलाई समाइएको भए पनि अदालतसमक्ष सरकारी वकिलले अभियोगपत्र लिएर आउनुप¥यो । त्यो लिएर आउँदा उहाँले कसुर गरेको ठहरारउने, नठहराउने प्रमाणहरु हुन्छन् । ती प्रमाणहरुको आधारमा अदालतले तारिखमा छोड्न पनि सक्छ । थुनछेकमा राख्न पनि सक्छ । किन भने तीन वर्ष वा सोभन्दा सजाय हुने मुद्दामा दोषीलाई थुनामा राख्नुपर्छ । तर, तत्काल प्राप्त प्रमाणको आधारमा मात्रै ।
प्रमाण संकलन गर्ने कार्य अहिले भइराखेको छ । मलाई के लाग्छ भने पीडित भनिएकी महिलाको जुन समयमा परीक्षण गरिएको छैन । अथवा घटना बाहिर आइसकेपछि पनि चार÷पाँच दिनसम्म जाहेरी दिइएन । न पीडितको स्वास्थ्य परीक्षण भयो, न पीडकको स्वास्थ्य परीक्षण भयो । अथवा जे जति अन्य प्रमाणहरु रक्सीको बोतल, जुत्ता, चस्मा आदिइत्यदि कुरा छन् त्यसमा दोषीको फिङ्गर प्रिन्ट छ कि छैन । त्यो पनि प्रमाणित हुने अवस्था छैन । त्यसकारण दोषी र निर्दोषीको बारेमा अहिले नै अनुमान गर्नुभन्दा पनि जब अभियाग पत्र तयार भएर अदालतसमक्ष आउँछ । र, त्यो अभियोगलाई समर्थन गर्ने प्रमाण हुनुपर्छ । त्यो प्रमाणको आधारमा अदालतले तारिखमा छोड्न पनि सक्छ, थुनामा राख्न पनि सक्छ । सबैलाई प्रक्रिया एउटै हो । कृष्णबहादुर महरा सभामुख हुनुहुन्थ्यो उहाँलाई एउटा प्रक्रिया अर्को साधारण मान्छे छ उसलाई अर्को प्रक्रिया हुँदैन ।


रोशनी शाही र कृष्णबहादुर महराबीचको सम्बन्धलाई जसरी बाहिर चर्चा भएको यसमा दोषी को हुन सक्छ ?
यसमा मैले तपाईं पटक–पटक भनेको छु । रोशनी शाही पनि कुनै आवेग, मुठभेड, रिस, कुनै राजनीतिक दबाब, प्रभावमा आएर कसैलाई नचाहिँदा दोष लगाएको रहेछ भने उहाँ पनि सजायको भागी हुन सक्नुहुन्छ । अहिले हामीले जति कुरा गरेपनि अनुमानका कुरा हुन्छन् । किन भने जबसम्म अभियोग पत्रका साथ प्रमाणहरु आउँदैनन् । अनुसन्धान गर्ने अधिकारीले कसरी अनुसन्धान गरेर ल्याउँछ । रोशनी शाहीले लगाएको चार्ज गलत हो भनेर लिएर आउँदोरहेछ कि आवेग, उद्बेग अथवा कसैबाट प्रभावित भएर भनेर आउने रहेछ कि । प्रभावमा पारेर यो भन्न लगाउने मान्छे पनि त दोषी हुनुपर्यो नि । अस्ति मुद्दाको दूरउत्साहन भनेर शालिकराम पुडासैनी घटना एकजना प्रत्रकारलाई सजाय भएको छ । संसार जगजाहेर छ । अनुसन्धानले रोशनी शाहीलाई दोषी देखायो भने कोही पनि बच्दैनन् नि । कानुन सबैलाई लागि भइहाल्छ नि ।
यस्तो केसमा फौजदारी संहिताले के भनेको छ त ?
फौजदारी संहिताको २१९ देखि २२४ सम्ममा यसका बारेमा व्यवस्था गरिएको छ । तर, उहाँ १८ वर्ष उमेर पुग्नुभएको होला । जबर्जस्ती करणी भयो कि प्रयास मात्र भयो ? उहाँका शरीरमा भएका निलडामहरु महराजीकै कारणले भएको हो कि । महराजी निस्किइसकेपछि आफ्नै अप्राकृतिक काम कारबाही गरेर भएको हो कि ? यी सबै कुरामा अनुसन्धानलाई पुरा हुन दिनुपर्छ । अनुुसन्धानपछिका प्रमाणका आधारमा कुनै कुरा धारणा बनायौं भने ठिक हुन्छ । अहिले नै के बनाइयो भने आग्रह, पूर्वाग्रह जस्तो मात्रै देखिन्छ ।
पछिलो समय हाम्रो महिला सिंह बढेको उदाहरणहरु थुप्रै आइरहेका थिए, कृष्णबहादुर महरा पक्राउ परिरहँदा घटना कम होला ?
यसमा कम हुन्छ हुँदैन भन्ने त आफ्नो आफ्नो चरित्रको कुरा हो । हामीले उन्नत समाज निर्माणका लागि एउटा नयाँ व्यवस्था ल्याएका छौं । नयाँ प्रणाली समुन्नत नेपाल, सुखी नेपाली भनेर । करणी, अथवा यौन हिंसा जस्तो कुरामा प्रत्येक जानकार मान्छेले अथवा उमेर पुगेका मान्छेले गर्ने कुरा हो । मान्छेको व्यक्तिगत चरित्रको कुरा हो । त्यसैले हामी आशा, अपेक्षा गरौं । यस्ता खाले गतिविधिहरु समाजमा नहोस् भन्न सकिन्छ । यसैले अहिले ह्वात्ती घटिहाल्छ भन्ने कुनै त्यस्तो आधार त के हुन्छ र । File photo



प्रतिक्रिया दिनुहोस्