Logo

सदावहार करिश्मा: ‘छोरी कविताभन्दा तरुनी’ (तस्बिरसहित)



काठमाडौं, २० असोज । करिश्मा मानन्धर सदावहार नायिका हुन् । उनी जति जति उमेर बढ्छ उति सुन्दर देखिदैछिन् । छोरीले किशोरावस्था पार गरिसक्दा पनि उनी किशोरी झै देखिन्छिन् । नहोस् पनि कसरी आजकाल उनी किशोरकिशोरीसँग कक्षामा पढ्छिन् ।

११ कक्षामा अध्ययनरत करिश्माले दशैंमा मठमन्दिर र पूजाआजाका लागि समय निकालिन् । छोरी कविता र पति बिनोद मानन्धरका साथ पशुपतिनाथको मन्दिर पुगिन् । पूजाआजा गरिन् ।

अष्टमीमा उनले शक्तिपीठको दर्शन गरेको तस्बिर फेसबुकमा राखेकी छिन् । परिवारसहितको उनको फोटो सार्वजनिक गरेकी छिन् । तस्बिर स्रोतः करिश्माको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्