Logo

९१ वर्षको उमेरमा चेक ठगी विषयमा पीएचडी



जहाँ इच्छा त्यहाँ उपाय । उमेरले मानिसको इच्छाशक्तिलाई छेक्न सक्दैन । भारतका एस एम मिस्किनले ९१ वर्षको उमेरमा पीएचडी डिग्री हासिल गरेका छन् ।

चाटर्ड एकाउन्टेन्ट समेत रहेका उनले चेकमा ठगीका विषयमा शोध तयार गरेका छन् । तालिम नाडुका बासिन्दा मिस्किन उक्त राज्यको सबैभन्दा बढी उमेरमा पिएचडी गर्ने व्यक्ति बनेका छन् ।

उनको पिचएडी शोधको शिर्षक एन एनालिटिकल स्टिडी अफ ज्युडिसियल भर्टिक्ट्स इन चेक डिसअनर केसेस एन्ड देयर इम्प्याक्ट अन द अफेन्डर्स रहेको छ । उनको सुपरभाइजर डा. आइज्याक फ्रान्सिस गननसेकेर थिए ।

सन् २०१४ मा पीएचडी शुरु गरेका उनले २०१८ मा थेसिसको सिनप्सिस बुझाएका थिए । उनले २०१९ को अप्रिलमा पीएचडी पूरा गरेका थिए ।-एजेन्सी  Photo Source: New Indian Express



प्रतिक्रिया दिनुहोस्