Logo

फेरि यस्तो टीका नहोस्



काठमाडौं, २१ असोज । पोहोर साल दशैंको टीकामा राजतन्त्रको आभास हुने तस्बिर र दृश्यहरु बाहिर आए । टीका लगाइदिने थिइन् गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी र टीका लगाउने थिए तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली ।

पराजुलीले घुँडा टेकेर टीका लगाए । यो गणतन्त्र नेपालका लागि सुहाउँदो थिएन । यस घटना पछि राष्ट्रपतिको समेत आलोचना भएको थियो ।

व्यवस्थापकीय कमजोरीले त्यस्तो हुनगएको भनियो । राष्ट्रपति बस्ने आसन होचो हुँदा टीका लगाउनेहरु थचक्क बस्नुपर्ने अवस्था थियो । कोही घुँडा टेकेर टीका लगाउँथे त कोही एक खुट्टा झुकाएर ।

गत वर्ष धेरैले कामना गरे कि फेरि यस्तो टीका नहोस् त्यो पनि शितलनिवासमा । File Photo



प्रतिक्रिया दिनुहोस्