Logo

आज दशैको मुख्य दिन टीका : १० बजेर ३५ मिनेटको साइत उत्तम



काठमाडौ २१ असोज । आज नेपाली मात्रको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजयादशमी । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। तर बडा दशैं नेपालीहरूको साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै आएको छ।

बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् । घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवी विसर्जनका लागि बिहान ८ बजेर ४५ मिनेटको समय उत्तम रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

टीका प्रसाद ग्रहण गर्नका लागि भने १० बजेर ३५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्। १० बजेर ३५ मिनेटमा टीका शुरु भएपछि पूर्णीमा नसिकएसम्म मान्यजनका हातबाट टिका, जमरा तथा आशिर्वाद थाप्ने क्रम जारी रहनेछ।



प्रतिक्रिया दिनुहोस्