Logo

जीवन सफल बनाउन चाणक्यले सम्झाएका दश कुरा



आचार्य चाणक्य एक महान ज्ञानीका साथै एक राम्रा नितीकार थिए । चाणक्यद्धारा बताइएका निती कुनै पनि व्यक्तिको जीवनको सफल बनाउ मदत गर्दछ । उनले आफ्नो नितीकै कारण एक बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए । चाणक्य निती धेरै छोटो रहेको छ । जुन व्यक्तिले यो नीतिको जीवनमा लागु गर्दछ उसले ठूला ठूला समस्याको सजिलै हल गर्न सक्दछ । चाणक्य नीति यस प्रकार रहेका छन् ।

१. तपाईका अगाडि मीठा मीठा कुरा गर्दछ तर पछाडि तपाईलाई कसरी नस्ट गर्न सकिन्छ भनी योजना बनाउने गर्दछ । यस्ता मानिस वीस समान हुन् तपाई यस्तो मानिससँग सजक रहनुहोस ।

२.झुठ बोल्न, कठोरता, छल गर्न बेवकुफी गर्न, लालच, अपवित्रता तथा निर्दयता भएका मानिस हुन जसमा कुनै गुण हुँदैन ।

३. जुन व्यक्तिले धर्तीमा स्वर्ग प्राप्त गरेको छ । जसका छोरा आज्ञाकारी छ, जसको श्रीमती उसको श्रीमानको इच्छा अनुरुप व्यवहार गर्छे जुन आफ्नो भएको धनमा सन्तोषी छ ।

४. मनमा सोचेको कुनै पनि काम कसैँलाई नभन्नुहोस् । किनकि मनमा सोचेको कुरालाई मनमा राखी त्यलाई पूरा गरेर देखाउनुहोस् ।

५. खराब तथा असल साथीलाई कहिल्यै विश्वास नगर्नुहोस । यदि यस्ता व्यक्ति तपाईसँग दुखि भएको बेला तपाईको सबै भित्री कुरा बाहिर ल्याउने गर्दछन् ।

६. बुद्धिमानी पिताले आफ्नो छोरालाई गुणकारी कुरा सिकाउनुपर्छ किनकि संसारमा बुद्धिमान र नैतिकवान मान्छेको नै पुजा हुने गर्दछ ।

७. नदीका किनारमा रहेका सानो विरुवा अरुको घरमा जाने तथा बस्ने महिला एवंम विना मन्त्रीका राजा यी अवस्य नै छिटो नस्ट हुने गर्दछन् ।

८. जुन माता वा पिताले आफ्नो सन्तानको शिक्षा दिदैनन् ती बच्चाका शत्रु समान हुन् । किनकि विद्याहीन बालक विद्धवानको सभामा तिरस्कृत हुने गर्दछ । जस्तै हाँसको बथानमा बकुला ।

९.धेरै माया गर्नाले बच्चामा नराम्रो बानी बस्न गर्दछ । उनीहरुलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुँदै जान्छ त्यसैले बच्चालाई पढाउन आवश्यक सजाय पनि दिनुपर्छ । धेरै लाड प्यार नगरौँ ।

१०. पत्नी योग्य नहुनु आफू पनि अरुसँग बेइज्जत हुनु बचेको इज्जत कर्जा राख्नु, नराम्रो मानिसको सेवा गर्नु,गरीब र दरिद्रको सभा समान हुने गर्दछ । यी ६ कुराले शरीरलाई आगो विना नै जलाउँदै जान्छ ।



प्रतिक्रिया दिनुहोस्