Logo

महराको स्वास्थ्यमा सुधार, अक्सिजन र चिकित्सक तैनाथ, कोही पनि नेता भेट्न गएनन्



काठमाण्डौ । महिलामाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कुष्णबहादुर महराको स्वास्थ्यमा सुधार आएको छ ।

आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी चौकीमा राखिएको छ । उनलाई सुगर र प्रेसरको समस्या देखिएको हो । पहिलादेखि नै सामान्य विरामी महरा पक्राउ परेपछि थप अप्ठ्यारो महसुस गरेका थिए ।

तर उनी अस्पताल जान मानेका छैनन् । सार्वजनिक स्थानमा जान उनले अप्ठ्यारो मानेका हुन् । त्यसैले उनको स्वास्थ्यको ख्याल गर्नका लागि हिरासत कक्षमा नै अक्सिजन, चिकित्सक र गाडी स्ट्याण्डबाइ राखिएको स्रोतले जानकारी दियो ।

उनलाई बेलाबेलामा श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । अस्पताल जान नमाने पनि ठूलै समस्या हुन्छ कि भन्ने डरले प्रहरी अस्पतालको गाडी तैनान अवस्थामा राखिएको छ ।

पक्राउ परेपछि उनालाई भेट्न कोही पनि नेता गएका छैनन् । उनले भेट्न जाने जति सबैसँग भेट पनि गरेका छैनन् । आफूले चाहेको व्यक्तिसँग मात्रै भेट गरेको स्रोतको दावी छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम