Logo

पूर्व अर्थसचिव रामेश्वर खनालकी पत्नीको निधन



काठमाडौं, २१ असोज । क्यान्सरका कारण पूर्व अर्थसचिव रामेश्वर खनालकी धर्मपत्नी सुचित्रा खनालको निधन भएको छ । एक वर्षयता क्यान्सर संक्रमित खनालको राजधानीको नर्भिक अस्पतालमा मंगलबार निधन भएको हो ।

सुचित्रा खनाल नेपालको शेयर बजारमा चलेको नाम हो । उनी स्टक ब्रोकरका रुपमा स्थापित थिइन् । पहिलो महिला स्टक ब्रोकरका रुपमा स्थापित भई महिलालाई यस क्षेत्रमा प्रोत्साहित गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्