Logo

‘आज दिनभर टीका लगाउँदा हुन्छ’



काठमाडौं, २१ असोज । पण्डित माधव भट्टराईले बडा दशैंको महत्व र संस्कार संस्कृतिबारे महत्वपूर्ण जानकारी दिएका छन् । उनीसँग ऋषि धमलाले यही विषयमा गरेको कुराकानीः

आजको टिकाको समय बबताइदिनुहोस् ?
आज पहिला देवी बिसर्जन गर्नुपर्छ । त्यो समय हो बिहान ८ बजेर ४५ मिनेट । देवीको बिसर्जन गरिसकेपछि टिका लगाउने काम सुरु हुन्छ । टिकाको साइत हेर्नेको लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १० बजेर ३५ मिनेटको समय निर्धारण गरेको छ, उत्तम साइतको लागि ।
पञ्चाङ्गनिर्णायक समितिले त्यो समय केका आधार तय गरेको हो ?
आज देवी बिसर्जन गरिसकेपछि १२ भित्र सबैभन्दा राम्रो समय छ । जुन समयमा लग्नमा कुनै दोष नहोस् । भेटेसम्म हामी त्यो हेर्छाैं । त्यतिखेर लगाएको टीकाले पक्कै पनि शुभ, मंगल गर्दछ । त्यो साइतलाई ज्योतिषिहरुको कमिटले निर्णय गर्दछ । निर्णायक समितिले त्यो निर्णय गरि¥यो । राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले पनि समीक्षा त्यो साइत उत्तम छ । त्यसकारण आज दिनभरी टिका लगाउनुहुन्छ, कुनै बिघ्न वाधा छैन ।


मान्यजनको हातबाट दिनभरि लगाउँदा हुन्छ हो ?
हुन्छ । आजबाट पूर्णीमासम्म लगाउने चलन छ नेपालका धेरै ठाउँमा । तर, लग्न सुद्धिका हिसाबले सबैभन्दा राम्रो समय १०ः३५ मै हो ।
देशका गन्नेमान्ने सबैले १०ः३५ मै टिका लगाउनुपर्छ हो ?
त्यसमा यस्तो हुन्छ । यो सामान्य टिकाको समय हो । सबैले यही समयमा लगाउनुहुन्छ हुन्न हामी त्यसको ग्यारेन्टी त गर्न सकिँदैन । उहाँहरुले आफ्नै ढंगबाट पनि साइत हेरेको हुन सक्छ । कसैले आफ्नो राशिबाट पनि हेरेको हुनसक्छ । तर, सामान्यतया ठूलावडादेखि सर्वसाधारणका लागि १०ः ३५ को समय उत्तम छ ।
तपाईंहरुले पनि शीर्ष व्यक्तिलाई भेट्नुभएको होला नि ?
उहाँहरुसँग भेट भइरहेको छ ।
कहिलेकाहीं पञ्चाङ्ग निर्णायक समितिले गरेको कुरा विवादमा परेको छ नि ?
कहिलेकाहीं विबाद हुनुभनेको सामान्य कुरा हो । कहिलेकाहीं मानिसमा शंका, जिज्ञासा, प्रश्न हुने गर्दछ । त्यसले गर्दा कर्त कुराहरु उठाउँछन् । तर, सामान्यतया पञ्चाङ्ग निर्णायक समितिले गरेको कुरालाई सबैले मानिराखेका छन् । मान्नु पनि पर्छ एउटा अनसासन त चाहिन्छ नि । त्यसकारण पञ्चाङ्ग निर्णायक समिति आधिकारिक संस्था हो तिथि मितिका लागि ।
कस–कसले कता फर्केर लगाउने टिका ?
लगाउनेले पूर्व फर्कने, लगाइदिने पश्चिम फर्केर लगाइदिने ।
विजया दशमीको महत्वको बारे बताइदिनुस् न ?
विजया दशमी भनेको हाम्रो नेपालीहरुको वडा दशैं साझा पर्व हो । सम्पूर्ण नेपालीहरुले कुनै न कुनै रुपले यो पर्वलाई मान्दछन् । यो पर्वले हामी सबैलाई एक ठाउँमा जोड्ने काम गर्दछ । नेपालका सबै तहतप्का, वर्ग, समुदाय, क्षेत्रले यो पर्वले एक ठाउँमा ल्याउने गर्दछ । त्यो महत्व बोकेको यो पर्वको आज विजया दशमी हो । यसलाई कसैले पाठ गरेर, कसैले पूजा गरेर, कोही मन्दिर गएर मनाउने गर्दछन् । यसले हामीलाई वर्षभरिको लागि उर्जा प्रदान गर्दछ । जसका कारणले हामीमा आत्मविश्वास र आत्मबल बृद्धि हुन्छ । त्यसकारण यसमा हाम्रो यसमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, संस्कार, संस्कृति सबै दृष्टिबाट यसको ठूलो महत्व छ । त्यसै यो पर्वलाई सबैभन्दा ठूलो राष्ट्रिय पर्वको रुपमा नेपालीहरु मान्दै आएका छौं । देश, विदेश जुनसुकै मुलुकमा बसे पनि नेपालीहरुले दशैंलाई बिर्सन सक्दैनन् । त्यसले पनि यसको महिमा ठूलो भएको हो ।
तपाईंले यसो भनिरहँदा कतिपयले दशैं नमनाउनको लागि पनि आग्रह गरिरहेका छन् नि ?
छैनन् । समाजमा एकाध मान्छे त्यस्ता भइहाल्छन् नि । ती विभिन्न हेतुले, कारणले, लक्ष्यले कतै राजनीति घुसेको होला । कसैमा भ्रम होला । कसैमा अनेक प्रकारका केही बहाना होलान् । जसले जे भने तापनि सबै नेपालीहरुले मान्छन् । आफ्नो संस्कृतिमा आस्था छैन । अथवा त्यसको निन्दा गर्नुमन लागेको छ । कसैका अभिष्ट छन् भने गर्लान् तर सर्वसाधारले गरेका छैनन् । यस्ताले एक÷दुई साल लगाएनन्, विरोध गरे । फेरि अर्को सालेदेखि उनीहरुल नै लगाउन थाले । त्यसमा मैले एकजना व्यक्ति देखेको छु । उहाँ गोरेबहादुर खपाङ्गी हुनुहुन्थ्यो । हाम्रो समयमा सबैभन्दा पहिला दशैंको विरोध गरेको हाउँले हो । त्यो बेला उहाँले पर्चा निकाल्ने, विरोधी भाषणा गर्ने गर्नुभयो । पछि उहाँलाई मैले नै रातो टिका लगाइदिएँ । त्यसमा मैले प्रश्न गरेको थिएँ ‘तपाईंले फेरि दशैंमा रातो टिका लगाउन थाल्नुभयो भनेर’ भन्दा उहाँले दशैं त हामी मान्नुपर्छ । यो पहिलादेखि चलिआएको हो भनेर उहाँले नै भन्नुभयो । त्यसकारण कोहीकोहीले विरोध गर्दछन् । त्यसमा हामीले चिन्ता गरिरहनु पर्दैन ।
तर पशुबलीको विरोध भएको छ ?
यो पशुबलीको विरोध गर्नुपर्ने कारण छैन । मन लाग्नेले गर्छन् । मन नलाग्नेले नगरे भइगो नि । पशबली गर्ने नगर्ने भन्नेमा अब संसारमा कति धर्म, सम्प्रदाय छन् । सबैभन्दा बढी पशुबली कसले गर्दछ । सांरको तुलना गर्ने हो भने हामी सबैभन्दा कममा पर्छौं । सबैभन्दा बढी प्राणीको प्रेम गर्नेमा हामी पर्दछौं । हामी कुनै अरुका धर्मको निन्दा पनि गर्दैनौं । कसले बली दियो कसले दिएन भनेर खोजी निन्दा पनि गर्दैनौं । यसमा हामी परम्परालाई मान्छौं । दशैंको बेलामा पशुबलीको विरोध गर्ने एकाध निस्कन्छन् । ती हाम्रो परम्परादेखि चलिआएको संस्कृतिलाई हमला गर्न निस्किएका छन् । यो हाम्रो हज्जारौं वर्षदेखि आएको गौरवमय परम्परा हो । यसको केही व्यक्तिहरुले बुझेर या नबुझेर विरोध गरेका छन् । त्यस्ता कुराको पछि लाग्नुहुँदैन । त्यो विरोध गर्न कि आपूm पहिला शाकाहारी हुनुप¥यो । सात्विक जीवन यापन गर्न सक्नुपर्छ । त्यो चाहिं नहुने अनि देवीलाई चढाएको बोकाको विरोध गर्ने ? अब यहाँ लाखौंको संख्यामा भेडा, च्याङ्ग्रा, खसी, बोका बाटाभरि भएका आएका छन् । त्यसमा कोही बोल्दैन । कसले कसरी काटेको त्यसको ख्याल गर्दैन । देवीलाई पूजा गर्दा बोल्ने भनेको हाम्रो संस्कृतिमाथिको हमला हो । किन भने मेरो परिवार पुस्तौंदेखि शाकाहारी हो । म पशुबली गर्दिँन । मेरा नाति, नातिनासम्मका सन्तानले पनि गरेका छैनन् । अहिलेसम्म मेरो परिवारको मुखमा पनि परेको घरमा पनि छिरेको छैन । तर, मैले पशुबलीको विरोध गरेको छैन । यसमा मेरो मान्यता के हो भने हाम्रो चलिआएका परम्परालाई चल्न दिनुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्