Logo

भिआइपीको टिका



काठमाण्डौ । विहान १० बजेर ३५ मिनेटमा सुरु भएको यस वर्षको विजया दशमीको टिका लगाउने क्रम जारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टिका तथा जमरा ग्रहण गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टिका लगाउनुभयो ।

राष्ट्रपति भण्डारीले शितल निवास र प्रधानमन्त्री ओलीले वालुवाटारमा टिका लगाउनुभएको हो । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टिका लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाउजु विष्णुमाया पौडेलेको हातबाट टिका लगाउनुभयो । पूर्व राजा ज्ञानेन्द्र शाहले आमा रत्नको हातबाट टिका ग्रहण गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्