Logo

टि–२० सिरिज : नेपाललाई टेष्ट मान्यता राष्ट्रलाई जित्ने अवसर



काठमाण्डौ । ओमान जारी पेन्टागुलर सिरिज अन्तर्गत भोलि नेपालले टेस्ट राष्ट्र आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली समय अनुसार सवा एघार बजे सुरु हुने खेल नेपालका लागि चुनौतिपूर्ण मानिएको छ ।

तर प्रतियोगितामा नेपाल अपराजित टिम हो । नेपालले दुई खेलमा जित हात पार्दै तालिकामा चार अंक बनाएको छ । पहिलो खेलमा हङ्कङलाई चार विकेटले हराएको नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि चार विकेटकै रोमाञ्चक जित निकालेको थियो ।

सिरिज जित्नका लागि आयरल्याण्डविरुद्धको खेल महत्वपूर्ण हुनेछ । यदी नेपालले आयरल्याण्डलाई हराएको खण्डमा टेष्ट मान्यता टिम विरुद्द पहिलो जित निकालेर इतिहास रच्नेछ । टेस्ट वरियताको १२औं स्थानमा रहेको आयरल्याण्ड एक दिवशीय वरियताको ११औं स्थानमा छ ।

टि–२० वरियतामा भने आयरल्याण्ड नेपालभन्दा पछि छ । नेपाल १२औं स्थानमा छ भने आयरल्याण्ड १५औं स्थानमा छ । २ खेलमा २ मा नै जित निकालेको नेपाली टिम नेदरल्याण्ड्स विरुद्दको जितपनि उच्च मनोबलमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्