Logo

पूर्व राजाले सर्वसाधारणलाई लगाइदिए टीका, कमल थापा नातिसहित पुगे (फोटोफिचर)



काठमाडौं, २१ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना समर्थक देखि सर्वसाधारण समेतलाई बडा दशैंको टीका लगाइदिएका छन् । निर्मल निवासमा साँझ साँढे चार बजेदेखि टीका लगाइदिएका उनी साँझ अबेरसम्म व्यस्त भए ।

निर्मल निवासमा टीका र आशिर्वाद थाप्न राजसंस्थाका पक्षधर र समर्थकहरुको बाक्लो उपस्थिति थियो । सामान्य मेचमा बसेर कालो कोट र नेपाली टोपी लगाएका पूर्व राजाले टीका लगाउन आउनेलाई टीका लगाइदिएका थिए ।

पूर्व राजासँग टीका लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा परिवारसहित पुगेका थिए । उनले नातिलाई पनि लगेका थिए । थापाले टीका लगाएपछि केही बेर पूर्व राजासँग सञ्चोविसञ्चो समेत सोधेका थिए । थापालाई देख्नेवित्तिकै पूर्व राजा निकै प्रसन्न भएका थिए ।


राजसंस्थाको अन्त भएको १३ वर्ष बितिसक्दा पनि पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिन छाडेका छैनन् । उनका समर्थकहरु प्रत्येक वर्ष टीका लगाउन जाने गर्छन् । तस्बिरः ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्