Logo

रोशनीमाथि महराबाट जर्बजस्ती भएको रेकर्ड सुरक्षित रहेको उमा रेग्मीको खुलासा



काठमाडौं, २१ असोज । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महरा प्रकरणमा आफूलाई रोशनी शाहीको पक्षमा उभ्याएकी छिन् । उनले रोशनीलाई साथ दिएर महरामाथि कडा कारबाही गराउन भूमिका खेल्दै आएकी छिन् । यसै विषयमा नेपाली रेडियो नेटवर्कको नेपाली बसहका लागि ऋषि धमलाले गरेको सनसनीपूर्ण कुराकानीः

नेपालको राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
पछिल्ला दिनमा आएका घटनाक्रमलाई हेरेर गम्भीरतापूर्वक लिएको छु ।
तपाईं त कृष्णबहादुर महरा प्रकरणमा रोशनी शाहीको पक्षमा उभिनु भएछ नि ?
म महिला भएको नाताले पनि त्यो सही कुरा हो । पक्कै पनि एक जना महिलामाथि त्यसरी जबर्जस्ती दुव्र्यवहार गरिएको छ । रोशनीजीले रुँदै भन्नुभएको छ । रक्सी खुवाएर मलाई बलात्कारको प्रयास गरियो भनेर । उपलब्ध भिडियोमा देख्दा पनि उहाँका शरीरमा निलडामहरु छन् । अनि हामी अन्यायमा परेको पीडितको पक्षमा नलागेर पीडकको पक्षमा लाग्छौं त ? त्यसकारण उहाँलाई न्याय दिलाउन सकेको मद्दत गर्न म लागिपरेँ ।
त्यसो भए रोशनी शाहीले तपाईं फोन गर्नुभयो ?
रोशनी शाहीले राति मलाई फोन गर्नुभएको थियो । उहाँले रुँदै भन्नुभएको मलाई ‘सभामुख महराले बलात्कार गरे, मलाई कुटपिट गरे, रक्सीको बोतलसहित आएका थिए । त्यो खुवाएर मलाई बलात्कार गरे’ भनेको कुरा टेलिकमको रेकर्डमा पनि छ । मलाई न्याय दिलाइदिनुपर्यो रुँदै भन्नु भएको थियो ।
त्यसपछि तपाईंंले के भन्नुभयो ?
मैले उहाँलाई तपाईं आफ्नो प्रक्रियामा लाग्नुस्, त्यसको लागि उजुरी दिनुस् भनेँ त्यसपछि उहाँले मैले प्रहरी बोलाएँ उसले सबै प्रमाणहरु खिचेर लगेको छ भन्नु भएको थियो । यसको छानविन गर्न ढिला भइसकेको छ । प्रहरीले त्यसरी घटनास्थलमा आएर मुचुल्का लिइसकेपछि रोशनी र महराको स्वास्थ्य परीक्षण पहिल्यै गर्नुपथ्र्यो । उहाँहरुको परीक्षण पहिल्यै गरेको भए प्रमाणहरु नष्ट हुने थिएन । पीडितले घटनास्थलमा प्रहरी बोलाइसकेपछि । प्रहरीले पनि घटनाको प्रमाणहरु खिचेर मुचुल्का लिइसकेपछि किन स्वास्थ्य परीक्षण गर्न किन ढिला गरियो ? पीडितले त उजुरी नै दिइसकेको अवस्था छ ।
पहिला त रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महरा निर्दोष हुनुहुन्छ भनेर उजुरी दिनुभयो नि ?
त्यो त पछि हो । उहाँले त मलाई फोन गर्नुभन्दा अगाडि नै घटना हुने बित्तिकै १०० मा फोन गरेर प्रहरी बोलाइसक्नु भएको थियो । मलाई त्यही खबर दिनुभएको थियो उहाँले । मलाई फोन गर्दा उहाँले भन्नुभएको थियो, ‘मैले घटनास्थलमा १०० मा फोन गरेर प्रहरी बोलाएर सबै प्रमाणहरु खिच्न लगाएको छु’ प्रहरीले सबै खिचेर लगेको छ । प्रहरीले न्याय गर्ला भन्नुभएको थियो रोशनी शाहीजीले ।


तपाईंको कदमका कारण महरा अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ सही हो ?
मेरो कारणले के हुनु उहाँ आफ्नै कारणले जानुभएको हो । उहाँ रोशनीलाई कुटपिट र बलात्कार गर्न नगएको भए यो काण्डै हुने थिएन । उहाँ आफ्नै क्रियाकलापका कारण जानुभएको हो । कसरी मेरो कारणले हुन्छ ? मैले पीडितले न्याय पाउनुपर्छ भनेको न हो ।
रोशनी शाही र कृष्णबहादुर महराको सम्बन्ध कहिलेदेखि भएको हो तपाईंंलाई थाहाँ छ ?
आफ्नै श्रीमतीलाई उहाँको इच्छाविपरीत यौन सम्बन्ध राख्न खोज्यो भने जबर्जस्ती करणी हुन्छ भने अर्कोको श्रीमतीलाई पुरानो सम्बन्ध भनेर त्यसो गर्न पाइन्छ । रोशनीले त्यो सम्बन्धको भन्नुभएको पनि छ, वाध्यताले ‘महराले मसँग पटक–पटक जिस्किन खोज्ने, यौन सम्बन्ध राख्न खोज्ने गरेका थिए । मैले त ठूलो मान्छे बाहिर के भनौ भनेर उहाँले भन्नुभएको छ । रोशनीजीले पहिला जे सम्बन्ध भए पनि अहिले आएर ममाथि महराद्वारा कुटपिटसहित यौनदुव्र्यवहार गरियो भनेर मलाई फोनबाट भन्नुभएको थियो । त्यो अत्यन्त आपत्तिजन कुरा हो । त्यत्रो उच्च ओहदामा बसेको, त्यत्रो प्रभावशाली नेताको बुद्धि के भएको हो थाहा भएन । उहाँ जस्तो मान्छे यस्तो कुकृत्य गर्नु भनेको आश्चर्यजनक कुरा हो ।
त्यो चाहिं उहाँको कुरा हो । उहाँले पटक–पटक कुराहरु फेर्नुभएको छ । उहाँलाई कतैबाट दबाब आयो होला । कसैले मुद्दा नदिनु भने होलान् । कसैले के भने होलान् । मसँग त उहाँले कडासँग ‘कुनै हालतमा पनि यो अपराधीलाई छाड्नै हुँदैन’ भन्नुभएको थियो । यसरी कडा कुरा गर्नुभएको हो । पछि विभिन्न प्रेसरमा फेर्नुभयो होला । मलाई लाग्छ श्रीमान् पनि अलि लोभमा परेको जस्तो देखिन्थ्यो । त्यसैले श्रीमान्को धेरै प्रेसरमा भयो कि जस्तो लाग्छ । अरु पनि प्रेसरहरु भयो जस्तो लाग्छ । किन भने पहिला हामीसँग सेयर गरेकै कुरा पनि पछि स्पष्ट रुपले सेयर गर्नुभएन । उहाँलाई ज्यानकै धम्की आएकोसम्म सुन्नमा आए ।
उहाँले नेपाल प्रहरीमा जाहेरी दिँदा बलात्कारको प्रयास भयो मात्रै भन्नुभएको छ नि ?
त्यतिबेला मसँग त बलात्कारै भयो भन्नुभएको हो । के के भयो भनेर मैले सोध्दा उहाँले बलात्कारको प्रतिकार गर्दा कुटपिट गर्यो । त्यसका प्रतिकारमा हारेँ भन्नुभएको थियो । अन्तिममा बलात्कार भयो कि भएन ? भनेर मैले सोध्दा उहाँले भयो भन्नुभएको थियो ।


यो घटनालाई चर्काउने काम तपाईंबाट भयो हो ?
म नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएको नाताले पनि महिलाको अस्मिताको रक्षा गर्ने, अन्यायमा परेँ भनेर आएका महिलालाई सहयोग गर्ने कर्तव्य त मेरो हो नि । कुनै महिला म अन्यायमा परेँ मलाई सहयोग गर्नुस् भन्छन् भने उहाँहरुको न्यायका लागि लड्नु कर्तव्यभित्र पर्छ ।
यो घटनाका दोषीलाई अरु सरह कडा कारबाही हुन सक्छ ?
यसलाई टालटुल गरियो भने यस्ता घटनाहरु झन् बढेर जान्छ । यो घटना टालटुल गर्नै हुँदैन । दूधको–दूध, पानीको पानी जस्ताको तस्तै गर्नुपर्छ । दोषीलाई अरु नागरिक सरह कारबाही गर्नैपर्छ । उच्चपदस्थ भनेर पनि हुँदैन । उहाँलाई प्रतिनिधिसभाबाट पनि राजीनामा गराउनुपर्छ । यो घटनाका दोषीलाई अरु नागरिकसरह कारबाही गरियो भने अरु पछि आउने चाहे त्यो राजनीतिक वृत्तमा होउन् अन्य पदस्थमा भनौ उनीहरुमा पनि अलिकति हच्किएर न्यूनिकरण हुन्छ भन्ने मैले विश्वास लिएकी छु । उन्मुलन त के हो । महिला हिंसा र बलात्कारलो हटाउन त अभैm कडा कानुन ल्याउनुपर्ने जरुरी छ ।
पछिल्लो समय बलात्कारीलाई मृत्युदण्डको सजाय चाहिन्छ भनिएको छ, त्यो सम्भव छ र ?
बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ । नेपालमा त्यो कानुनको आवश्यकता भइसकेको छ । त्यो सम्भावना हुनुपर्छ । किन संविधान संसोधनका कुराहरु उठिरहेका छन् । त्यो कुरा किन नउठाउँने ? संविधान संसोधन गरेर पनि बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रको नाममा कति महिलाहरुले बलत्कृत हुनपर्ने, कति महिलाहरु मर्नुपर्ने, कतिले बलात्कारपछि मारिनुपर्ने, कति महिलाले लोकतन्त्रको नाममा उत्सर्ग दिने ? अमेरिका जस्तो देशलगायत अन्य लोकतान्त्रिक व्यवस्था भएको देशमा मृत्युदण्डको व्यवस्था छ भने हाम्रोमा किन नहुने । पछिल्लो समय हाम्रो देशमा विभिन्न पावर र प्रलोभवको आडमा महिला हिंसा, हत्या र बलात्कारका घटना बढेर गएकाले पनि मृत्युदण्डको आवश्यक देखिन्छ । त्यसको माध्यमबात २-४ जनालाई मृत्युदण्ड दिइँन थालियो भने बल्ल रोकिन्छ । दोषीलाई कारबाही गर्न डराउने महिलामाथि चाहिं थिचोमिचो गरिरहने चिन्तन त राज्यसँग हुनुभएन नि । कसरी महिलालाई थिचोमिचोबाट रक्षा गर्न सकिन्छ, हत्या, हिंसाबाट जोगाउन सकिन्छ भन्ने सोच राज्यले गर्नुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्