Logo

किन उमेरको साथ मानिसको तौल बढ्छ



मानिसको बढ्दो उमेरको साथ किन तौल पनि बढेर जान्छ ? तौल बढेर कतिपय मानिसहरु निकै चिन्तित हुने गर्छ । महिला होस् या पुरुष दुवैमा बढ्दो उमेरको साथ तौल पनि बढेको हुन्छ ।

बढ्दो तौलले मानिसमा निकै समस्या उत्पन्न गर्न सक्छ । जसले गर्दा मनिसको शारीरिक र मानसिक समस्या पैदा गर्छ । मोटा कोषीकाहरु एक ठाउँमा गएर बस्ने गर्छ । जसले निरन्तर रुपमा शरीरलाई तौल बढाउन मद्यत गर्छ । यस कारण हाम्रो नियमित खान–पानमा ध्यान दिनु आवश्यक हुन्छ ।

क्यालोरीको मात्रा शरीरमा कम सेवन गर्यो भने यसले शरीरको तौल विकासमा नियन्त्रण ल्याउन सक्छ । फ्याट कोशीकाहरुलाई नियन्त्रण गर्न दैनिक व्यायाम गर्ने भन्दा अली धेरै व्यायाप गर्नुपर्छ । फ्याट कोशीकाहरु निरंतर परिवर्तन हुने गर्दा यसले बढ्दो उमेरको साथ तौल पनि बढाउने काम गर्छ । यो एक विश्वयापी चिन्ताको विषय बनेको छ । आफ्नो नियमित रुपमा सेवन गर्ने र लिने क्यालोरीलाई काम मात्रामा सेवन गर्दा फ्याट कोषिकाहरु काम विकास हुने अनुमान रहेको छ । दैनिक व्यायाममा परिवर्तन ल्याउन अति आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्