Logo

हल्का देखि मध्यम वर्षाको सम्भावना



काठमाडौं, २२ असोज । आज देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका थोरै स्थानहरुमा मेघगर्जन चढ्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

दशैंमा ठूलो वर्षा नभएपनि हल्का वर्षा भएको छ । हिजो देशका अधिकांश स्थानहरुमा हल्का वर्षा भयो । काठमाडौं उपत्यकामा हिजो साँझ केही घन्टा वर्षा भयो । वर्षासँगै तापक्रम झरेको छ ।

मनसुन निष्कृय भइसकेकाले ठूलो वर्षाको सम्भावना छैन । तर, अझै केही दिन हल्का देखि मध्यम वर्षा हुने जनाइएको छ । Photo: MFD



प्रतिक्रिया दिनुहोस्