Logo

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण शुक्रबार



चिनियाँ राष्ट्रपति सी जिन पिङको भारत भ्रमण शुक्रबारबाट हुने भएको छ । भारत र चीनबीच हुने दोस्रो इन्फरमल समिटका लागि उनी शुक्रबार भारत पुग्ने भएका हुन् ।

इन्डियन एक्सप्रेसका अनुसार सीले शुक्रबार र शनिबारको दुई दिने भ्रमणका लागि मिति तय भएपनि खुलासा गरिएको छैन । तर, भ्रमणको मितिबारे कुटनीतिक संयन्त्रमार्फत् जानकारी भइसकेको छ ।

भारत र चीन दुवैले इन्फरमल समिटलाई उच्च प्राथमिकताका साथ राखेका छन् । इन्फरमल समिट चेन्नईको ममलापुरममा हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चेन्नईमा महत्वपूर्ण भेटवार्ता हुनेछ ।

भारतले काश्मिरमा चालेको कदमपछि चीनले उठाएको विषयका कारण दुई देशबीच असमझदारी बढिरहँदा हुन लागेको समिटलाई महत्वका साथ लिइएको छ ।-एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्