Logo

चिनियाँ राष्ट्रपति शनिबार या आइतबार नेपाल आउने, राजधानीको चोक चोकमा सुरक्षाजाँच



काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जङपिङको नेपाल भ्रमणको मिति गोप्य राखिएको छ । उनी शनिबार साँझ या आइतबार विहान काठमाडौं आइपुग्ने बुझिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी भ्रमणको मिति गोप्य राखिएपनि राजधानीमा विगतमा भन्दा सुरक्षा कडा पारिएको छ ।

राजधानीको मुख्य नाका र चोक चोकमा प्रहरीले चेकजाँच गरिरहेको छ । सडकहरुमा गुड्ने गाडीहरुमा निगरानी बढाइएको छ । प्रहरीले राति गुड्ने गाडीलाई रोकेर नम्बर प्लेट टिप्ने र चेकजाँच गरिरहेको छ ।

बडा दशैंको टीकाको दिन पनि सुरक्षाकर्मी विगतमा भन्दा बढी तैनाथ थिए । सादा पोशाकमा पनि प्रहरी व्यापक परिचालन गरिएको बुझिएको छ ।

भ्रमणलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा खटिएका प्रहरीहरुलाई दशैंको बेला पनि बिदा दिइएको छैन । थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सेना र सशस्त्र प्रहरी समेत सुरक्षाका लागि खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्