Logo

पत्नी र छोरीको हत्या गरी बाकसमा लास राखी आत्महत्या



सुनसरी, २२ असोज । राकेश शर्मा भुन्डिएको अवस्थामा फेला परेपछि आफन्त र छिमेकले तत्काल धरान अस्पताल पुर्याउँछन् । उनलाई अस्पतालले मृत घोषित गर्छ ।

मृत लासलाई उनकै घरमा पुर्याएर अन्तिम संस्कारको तयारी गरिन्छ । आफन्तले लासलाई छोप्ने कपडा खोज्ने क्रममा टिनको बाकस खोल्छन् जहाँ भयावह दृश्य देखिन्छ ।

टिनको बाकसमा दुईवटा लास कपडाले बेरिएको अवस्थामा भेटिन्छ । जसमा राकेशकै श्रीमती पुनम शर्मा र छोरी स्वस्तिका शर्माको लास हुन्छ । यो घटना २१ असोजमा बडादशैंको टीकाको दिन सुनसरीमा भएको हो ।

पुनमको टाउकोमा गम्भीर चोट लागेको हुन्छ भने स्वस्तिकाको घाँटी बटारिएको हुन्छ । छ वर्षीया छोरी पुनम र श्रीमती पुनमको हत्या गरी राकेशले आत्महत्या गरेको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले लामो समययता राकेश र पुनमबीच विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । उनीहरुका दुई छोराछोरी हजुरबाबुसँग बस्दै आएकाले बच्न सफल भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्