Logo

विवाह गरेर लाँदै गर्दा बेहुली वेपत्ता



तामझामका साथ विवाह गरेर जन्तीले बेहुली लाँदै थिए । रेलको यात्राबाट बेहुलीलाई लाँदै गर्दा उनी वेपत्ता भइन् । यो घटना भारतको विहारको हो ।

अक्टोबर महिनाको शुरुमा बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको ट्रेनबाटै बेहुली बेपत्ता भएकी हुन् । अक्टोबर महिनाको पहिलो शुक्रबार साँझ जन्तीसँगै बेहुला पनि गाडीमै निदाएका थिए तर शनिवार विहान बिउझिदा बेहुली ट्रेनमा नभएको पत्ता लागेपछि जन्ती पक्षले प्रहरीमा उजुरी दिएका छन् । तर बेहुली अझै भेटिन सकेकी छैनन र उनी अझै माइतीको सम्पर्कमा पनि आएकी छैनन् ।

बीचमा ट्रेन मध्य प्रदेशको खण्डवा जंक्शनमा रोकिएपछि उनीहरु त्यहाँ झरेर फर्केर मध्यप्रदेशकै इटारसी जंक्शनसम्म पुगे तर बेहुली कतै थिइनन्।उनीहरु पाटलीपुत्र लोकमान्य तिलक एक्सप्रेस सुपर फास्ट ट्रेनको एसी कोचमा मुम्बइ जाँदै थिए ।

बाटोमा बेहुली हराएको थाहा पाएपछि उनीहरुले खण्डवा जंक्सनमा रेलवे प्रहरीमा उजुरी दिएका थिए । उनीहरुले दुवै स्टेशनको सिसिटिभी फुटेजमा पनि कुनै सुराग नभेटिएको बताएका छन् ।

ट्रेनमा यात्रा गरिहेका अन्य यात्रुलाई सोध्दा एक यात्रीले इटारसी जंक्शनमा बेहुली ट्रेनबाट झरेको देखेको बताएपछि उनीहरु खोज्दै इटारसी पुगेका थिए।-एजेन्सी Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्