Logo

सैनिक बन्न चाहन्थे कार्ल मार्कस



आधुनिक सँसारमा आएको परिवर्तनमा कार्ल मार्कसको विचारको विशेष भूमिका छ । मानिसको सोच र चिन्तनमा आएको परिवर्तनसँगै मार्कसको विचारको प्रभावले उत्पन्न द्वन्द्वले धेरै मानिसहरुको ज्यान समेत गएको छ । यस्तो विचार प्रतिपादन गर्ने माक्र्स आफ्नो जीवनकालभरी बेवास्ता र पेलाईमा परे । देशविहिन जस्तै भए । आर्थिक अभाव झेलेर बाँच्न वाध्य भए ।

उनी शुरुमा सैनिक बन्न चाहन्थे । तर, समयले दर्शनशास्त्री बनायो । औपचारिक शिक्षामा माक्र्स औसत स्थानमा थिए । तर बाह्य ज्ञान र अतिरिक्त क्रियाकलापमा चाख राख्थे ।

किशोरावस्था हुँदा नै मार्कसका बाबुको निधन भयो । परिवार आर्थिक समस्यामा प¥यो । माक्र्स सेनामा भर्ती हुन चाहन्थे । तर, कमजोर छातिका कारण पर्सियन सेनामा प्रवेश गर्नबाट वञ्चित भए । मार्कस चाहेको बन्न नपाउँदा दुःखी भए तर विचलित भएनन् । उनी अध्ययनमै लागे । दर्शनशास्त्रको गहिरो अध्ययन गर्दै झन् झन् जिज्ञाशिलो बन्दै गए ।



प्रतिक्रिया दिनुहोस्