Logo

मुग्लिनमा बस दुर्घटना हुँदा ३८ घाइते, चालक पक्राउ



चितवन । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस चितवनको मुग्लिनमा गएराति दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ बनेर ३० मिनेटमा दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५/४६ जना सवार रहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम