Logo

चिनियाँ राष्ट्रपति सी २५ गते नेपाल आउने पक्का, नआत्तिन नेकपाको आग्रह



काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो । सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । भ्रमणका बेला महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

चिनियां राष्ट्रपतिको यो भ्रमण २३ वर्षपछि हुन लागेको हो । चीनका राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही अक्टोबर १२ र १३ तारेख असोज २५ गते शनिबार र २६ गते आइतबार नेपालको राजकीय भ्रमणमा आउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरेर भ्रमणको बारेमा औपचारिक जानकारी गराएको हो । चीनका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज दिने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग औपचारिक भेटघाटपनि गर्नेछन् । राष्ट्रपति सीले प्रतिनिधिमण्डलस्तरको दुई पक्षीय वार्ता भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही वार्ताको क्रममा दुई पक्षीय प्रतिनिधिमण्डबीच विभिन्न विषयमा दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने समेत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीसँग नेपालका बरिष्ठ नेताहरुले समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ ।

सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ । सिको भ्रमणले नेपालले के पाउँछ भन्ने मात्र नभै चिनलाई पनि फाइदा हुने विश्लेषण गरिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवै पक्षलाई राहत हुने बताए ।

सिको भ्रमण नेपालका लागि गौरवको कुरा भएको तर्क गर्दै नेपालले कसैलाई पनि नआत्तिन आग्रह गरेका छन् । यो भ्रमणले नेपालको विभिन्न क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहने नेपालको दावी छ ।

सरकारले पनि दुईदेशको मित्रतालाई उचाईमा पुर्याउने अवसरको रुपमा लिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लेनदेन मात्र नभै मित्रताका हिसाबले सिको भ्रमण उपलब्धिमूलक हुने विश्वास गरेका छन् ।

नेपाल र पोखरेलले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सीको भ्रमणलाई लिएर विपक्षीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

चिनिया राष्ट्रपति सि नेपाल भ्रमणमा आउन तयारी भएसंगै अन्तराष्ट्रिय समुदायले पनि चासोका साथ हेरेको छ । यता नेपाल सरकारले भने तयारी तीब्र बनाएका छ । नीतिगत तयारी देखि सडक सिंगार्ने कामसम्म सरकारको ध्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस्