Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सुरक्षाको जिम्मा नेपाली सेनालाई



काठमाडौं, २२ असोज । सरकारले नेपालको दुई दिने राजकीय भ्रमणका लागि यही असोज २५ गते शनिबार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका चिनियाँ राष्ट्रपति सी चिन फिङको सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिएको छ । चिनफिङ आइतबार अपरान्ह बेइजिङ फिर्नेछन् । उनी ११ अक्टोबर भारत गएर १२ अक्टोबरमा नेपाल आउन लागेका हन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार नेपाली सेनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति चिन फिङको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ ।

राष्ट्रपतिसँगको विशिष्ठ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार द्वेदेशीय बैठक गर्ने भएको छ । बैठकपछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । चिनियाँ राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्दै्छिन् ।



प्रतिक्रिया दिनुहोस्