Logo

चिनियाँ राष्ट्रपति भारत भ्रमण पूरा गरी सिधै काठमाडौं उत्रने



काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी २५ असोजमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने भएका हुन् ।

सीले नेपाल भ्रमण गर्ने निश्चित भइसकेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी भ्रमणको जानकारी दिएको हो । उनी नेपाल भ्रमण गर्नुअघि भारत भ्रमणमा जानेछन् । २४ र २५ असोजमा भारत चीन अनौपचारिक सम्ममेलनमा सहभागी हुन चेन्नई जानेछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई नेताबीच विभिन्न चरणमा भेटवार्ता हुनेछ । सी चेन्नईबाट सिधै काठमाडौं आउने बुझिएको छ । काठमाडौंमा रहँदा उनले महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।

सी जिनपिङ दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् । चीनमा माओत्सेतुङ पछि सीलाई सर्वाधिक शक्तिशाली रुपमा स्थापित हुन सकेका युगका नेताका रुपमा लिइन्छ ।



प्रतिक्रिया दिनुहोस्