Logo

सशस्त्र प्रहरी बलका दुई जवान घुस रकम सहित पक्राउ



सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुस सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीले भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्ल तिरिसके पश्चात पनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीलाई सेवाग्राहीसँग रू बीस हजार घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित भजनी नगरपालिका १ स्थित वेलकम कटेज नजिकबाट पक्राउ गरेका छन् जवानलाइ नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्