Logo

चीनको आवश्यकतामा नेपालमा रेल आउँछ, नेपालको आवश्यकतामा होइन-मीन विश्वकर्मा



काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग लामो राजनीतिक अनुभव छ । कानूनमन्त्री समेत भइसकेका उनी सभापति शेरबहादुर देउवाका प्रीय हुन् । उनीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आसन्न नेपाल भ्रमणबारे नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

यसपटको दशैंक कसरी मनाउनुभयो ?

यसपालिका दशैं मैले आफ्नो मूलघर धरामा काका, काकी, वडीआमालगायत परिवारसँग परम्परगत रितिरिवाज, संस्कार अनुसार मनाइयो ।

नेपाली कांग्रेस चियापानको तयारीमा छ हो ?

हामीले सधैं चियापान गराउँदै आएको हो, त्यसको तयारीमा छौं ।

त्यो चियापानको सन्देश के हुन्छ ?

नेपाली कांग्रेस पार्टीले दशैंको अवरमा चियापानी गरी नेपाली जनता, नेता, कार्यकर्ता आम मतदाताबीचमा खुशी साटासाट गर्ने गर्दै आएको छ । यसमा एकआपसमा सुख, दुःख साटासाट गर्ने, विचारहरु आदानप्रदान गर्ने र आपसी मेलमिलापलाई अगाडि बढाउने उद्देश्यले गरियो हो । यसको सुरुआत वी.पी. कोइरालाले गर्नुभएको हो । आज अन्य पार्टीहरुले पनि गर्न थालेका छन् । त्यसले यो त्यसैको निरन्तरता हो । हाम्रो चियापान गर्नुपर्नाको उद्देश्य र औचित्य बदलिएको छैन । अहिले नेपाली जनता र नेताका बीचमा एकता, सद्भाव र एकताको आवश्यकता छ । यो वी.पी. कोइरालाको थालनीको निरन्तरता हो, यसपालिको छुट्टै उद्देश्य र एजेन्डा भन्ने छैन ।

यस पटकको चियापानमा कति हजार व्यक्तिलाई निमन्त्रणा गर्नुभएको छ ?

हामीले झन्डै दशहजारको हाराहारी निमन्त्रणा कार्ड वितरण गरेका छौं । कार्ड वितरणको तुलनामा ४÷५ गुणा बढी नै मानिसहरु उपस्थित हुने गरेका छन् । फेरि नेपाली कांग्रेसको चियापानमा यो दिन हुन्छ भन्ने सबैलाई थाहा पनि छ । त्यसकारण पनि कार्ड वितरणलेको भन्दा बढी ५०-६० हजार मानिसहरुको उपस्थिति हुन्छ भन्ने अनुमान छ ।

तपाईंहरुले सबै पार्टीका शीर्ष नेताहरुलाई पनि बोलाउनुभएको छ ?

हामीले सबै पार्टीका शीर्ष नेताहरुलाई बोलाएका छौं । उहाँहरु इज्जत, सम्मान, सत्कार र स्वागत गर्दछौं । एकआपसमा सद्भाव मैत्री वातावरणले नै विकास निर्माण सम्भव छ । त्यसकारण विभिन्न पार्टी, कुटनीतिक व्यक्तित्व, अन्य कर्मचारी, सुरक्षा निकाय, मानव अधिकार, सञ्चारकर्मीलगायत सबै क्षेत्रका अग्रज, जिम्मेवार निकायहरु र आम नेपाली जनतालाई हामीले निमन्त्रणा गरेका छौं ।

त्यसो भए राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सबैलाई बोलाउनुभएको छ ?

नेपाली कांग्रेसको चियापान कार्यक्रममा राज्यका सबै अंगका जिम्मेवार निकाय, सुरक्षा निकायलगायत सबै सरोकारवाला व्यक्तिहरुलाई बोलाउने गरेका छौं ।

चाडपर्व मनाइरहँदा देशमा विकास र समृद्धिका कुरा पनि छन् तपाईं त गाउँमा हुनुहुन्छ त्यो पाउनुभयो ?

धेरै चाडपर्वहरुले सिंगारिएको मुलुक नेपाल पर्दछ । यहाँ सबै जातजातिका आ–आफ्नै चाडपर्व, धर्म, संस्कृति र परम्पराहरु छन् । त्यसलाई नेपालीहरु सोही–सोही बेला आफ्ना चलन, परम्परा, संस्कार, संस्कृति अनुसार मनाउने गर्दछन् । चाडको अवसरमा सुस्वाथ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौं भनेर हामीले शुभकामना दिने गरेका छौं । यदि शुभकामनाले मात्रै देश बन्ने भए त नेपाल स्वीजरल्याण्डभन्दा दश गुणा बढी विकसित हुन्थ्यो होला । तर, मानिसले दिने ओठे शुभकामना र ओठे जवाफले मात्रै देश विकास हुनेरहेन छ । यसको लागि केही गुरुयोजना, प्रतिबद्ध र जिम्मेवारी हामीले बहन गर्नुपर्छ । त्यसैले विकास त्यसै रातारात हुनेहोइन, त्यसको लक्षण देखा पर्नुपर्छ । नयाँ संविधान बनेर नयाँ राज्यव्यवस्था र संघीयता पनि लागु भइसकेपछि मुलुक विकासमा अगाडि बढ्छ, भनेर जसरी आशा गरिएको थियो । तर, ठीक त्यसको विपरीत आफ्नै व्यवस्थाप्रति गुजुल्टिएको, विकास अलमलिएको, जनताहरु विस्तारै त्रसित भएका र दल र जनताबीचको सम्बन्ध टुट्लाकी भन्ने चिन्ता बढेको छ । त्यसलाई चिर्न वडा दशैं २०७६ को उपलक्ष्यमा हामी सबै दलहरु एक ठाउँमा बसेर मुलुकको विकास गर्ने गरी समृद्धितिर मुलुकलाई लाँदैछौं भन्ने सन्देश जनतालाई दिन आवश्यक छ ।

भ्रष्टचार अन्त्य गर्न सबै पार्टीको संकल्प आवश्यक छ तर तपाईंहरु पनि उनीहरुलाई बँचाउन लाग्नुभएको छ नि ?

एउटा कुरा जनताबीचमा हामीले स्पष्ट पार्नुपर्छ । राजनीतिक दलहरुले संकल्प गरेर भ्रष्टचार नियन्त्रण गर्ने भन्ने अन्तिम सत्य होइन । जतिबेला भ्रष्टाचार निवारण गर्ने अंग थिएन । जुन बेला दलहरुको सहमतिमा संसद्बाट विधेयक पास गर्नुपथ्यो । २०५६ सालतिरको अवस्था हो । त्यतिबेला नेपाली कांग्रेसको बहुमतको सरकार थियो । त्यसबेला नेपाली कांग्रेसले मुलुकबाट भ्रष्टाचर अन्त्य गर्नुपर्छ भनेर संकल्प ग¥यो । त्यसपछि प्रतिबद्धपत्र जाहेर ग¥यो । त्यसबाट जिम्मेवार भएर अख्तियार दूरुपयोग अनुन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र राजश्व अनुसन्धान विभाग बनायो । त्यतिबेला नेपाली कांग्रेसले भ्रष्टाचार मुलुकबाट समाप्त गर्नकै लागि यी अंगहरु बनाएर हो । अंगमार्पmत आफ्ना पार्टीका मान्छेहरुलाई भ्रष्टाचारमा परेको उजुरीहरुलाई उसले कडाभन्दा कडा कारबाही ग¥यो । अर्को पार्टीको मान्छेलाई गर्दा राजनीतिक दलमा पूर्वाग्रह जस्तो हुन्छ भनेर गरेन । त्यसबेला केही लाखमा भ्रष्टाचारी देखिएकाहरुले क्षतिपूर्तिसहित जेल सजाय काटे । आज जुन दल सरकारमा त्यो दलका मान्छेहरुलाई अर्बौको भ्रष्टाचारको आरोप लागेको छ । त्यो छताछुल्ल पत्रपत्रिका र सञ्चारमाध्यमहरुमा आइरहेको छ । न त्यसको कसैले खण्डन गरेको छ । न कसैले खोजी गरेको छ ।

अहिले अर्बौं भ्रष्टाचार गर्ने को हो ?

सबैलाई थाहा भएकै कुरा हो । मेलम्चिको कुरा गर्दा मन्त्री आपैंmले रोष्टममा उभिएर हामीसँग दुई अर्ब रुपैयाँ छ । यसले मेलम्चिको बाँकी सबै आयोजना पूरा हुन्छ । मात्रै ठेकेदारसँग हाम्रा कुरा नमिलेर ऊ भागेको हो । ठेकेदार भागे पनि त्यो पैसा हामीसँग छ । त्यो पैसाले हामी बनाउँछौं भनेकोमा पछि उहाँले नै मन्त्री भएर ७ अर्ब बजेट लिएर आउनुभयो । मेलम्चिमा अहिले पाउनुपर्ने मान्छे भुक्तानी पाएका छैनन् । भनेपछि मन्त्री र ठेकेदारको बीचमा लेनदेन नमिलेर ठेकेदार भागेको हो स्वयमं खानेपानी मन्त्रालयका सचिव आपैmले भन्नुभयो र पदबाट राजीनामा पनि गर्नुभयो । यसकारण त्यहाँ भ्रष्टाचार प्रष्टै देखिएको छ । दुई अर्ब छँदैछ भनेको ठाउँमा ७ अर्ब अरु थप्दा पनि नपुग्नुको कारण के ? त्यसमा पनि भ्रष्टाचार प्रष्ट देखिएको छ । त्यस्तै नेपाल टेलिकमले फोरजीको प्रणाली खरिद गर्दा एनसेल ६ अर्बमा लागु गर्ने । नेपाल टेलिकमलाई १८ अर्ब लाग्ने । त्यस्तै अन्य ठाउँहरु वाइडवडी खरिद, ललिता निवास जग्गा प्रकरण त्यस्तै छ । यदि गाउँघरमा कुनै मठमन्दिर वा सार्वजनिक जग्गा दुई फुटमात्रै मिचेको भए आज त्यो मान्छे हिरासतमा हुन्थ्यो होला । पार्टीकै महासचिवले त्यो काम गर्दा उल्टै ठगिनुभयो भनेर ठट्टा गरिरहेको छ । यस्ता कामले व्यवस्थाप्रति नै खतरा उत्पन्न गराउने भयानक अवस्था सिर्जना भएको छ ।

खाने कुरामा त तपाईंहरुको पनि सहमति हुन्छ नि ?

गर्नुहुन्छ नि भन्नुभयो, त्यो तपाईंलाई लागेको अनुमान होला । वाइडवडीमा किन कारबाही भएन ? वाइडवडी काण्डका दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्नुभएको छ । यसमा सरकारले बिलम्ब गरेमा हामी सहने छैनौं भनेर हामीले नाराजुलुस नै गरेका छौं । त्यसभा पर्यटन मन्त्रीको पुत्लानै जलाएको हो । उहाँको रहस्यमय मृत्यु भयो । अहिलेसम्मको कारण पत्ता लागेको छैन । प्रधानमन्त्रीको निर्देशनमा आकस्मिक उडान भएको भन्ने छ । भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दूरुपयोग अनुसन्धान आयोग छ । सुनिन्छ १ हजार लिँदाहिँदै रंगेहात पक्रा परेको । घूस खाँदाखाँदै खरिदार र नायव सुब्बा पक्राउ परेको, अधिकृत र इन्जिनियरले ८० हजार घुसखाँदाखाँदै पक्राउ परेको सुनिन्छ । तर, ८० करोड, १ अर्ब, १२ करोड, ६ अर्ब, ३३ किलो, ३९ टन सुनका बारेमा अहिले अख्तियार बोल्दैबोल्दैन । उल्टै अदालतले पनि एनसेलले कर तिर्नुपर्दैन भन्दिन्छ । त्यसकारण अहिलेको सरकारमा भ्रष्टाचार डेंगो रोगजस्तै फैलिएको छ ।

हाम्रो देशमा भ्रष्टाचार गर्न दलीय सहमति छ नि ?

पटक्कै छैन । यो कुनै एउटा मान्छेले बद्मासी गर्दा भएभरको सबै मान्छे त्यस्तै हुन् भनेजस्तो हो । एउटा चो¥यो भने सबैले चोरेको हो भनेर आरोप लगाउने काम भइराखेको छ । अख्तियार दूरुपयोग आयोग, विशेष अदालत, सर्वोच्च अदालत, राष्ट्रिय सतर्कता केन्द्र, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण जस्ता जुन निकाय छन् । तिनीहरु दुईतिहाईको सरकारबाट डराएर दुलो बसेका कारणले भ्रष्टाचार मौलाएको छ । यो हुनुमा यी निकायहरुको ठूलो कमजोरी छ । अख्तियारले भ्रष्टाचारीलाई पक्रियो भने कांग्रेसले गल्ती ग¥यो भन्दैन । आपैmले बनाएको संस्थाले गरेको कामको कसले विरोध गर्छ ? आपैmले बनाएका यी निकायहरुले गरेको काम कांग्रेसको विमति हुँदैन । आफ्नै पार्टीका मान्छेहरु भ्रष्टाचारी मुद्दामा फस्दा कांग्रेसले जोगाउने गरी कहीं बोलेको छैन । बरु खुल्ला मञ्चको आमसभाबाट फलाना–फलाना भ्रष्टाचारी हुने भनेर आरोप लगाइएका मान्छेहरु छाती फुकाएर शीर्षस्थ स्थानमा बसेका छन् । तिनलाई चाहिं केही नहुने । त्यसैले आफ्ना मान्छे परेभने उहाँ त्यस्तो होइन । ठगिनुभयो, निर्दोष हुनुहुन्छ भनेर जोगाउने प्रवृत्ति नै भ्रष्टाचारको प्रमुख जड हो, त्यो रोकिनुपर्छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बारेमा कांग्रेसको दृष्टिकोण के हो ?

उत्तर र दक्षिण दुवै मुलुक छिमेकी मित्र राष्ट्र हुन् । मित्रराष्ट्रहरु थुप्रै छन् तर छिमेकी दुईवटा मात्रै हुन् । यी छिमेकी मित्र राष्ट्र भएकाले उनीहरुसँग हाम्रो सम्बन्ध जति महत्वपूर्ण छ, त्यति नै सम्वेदनशील पनि छ । जति आरोपित छ, त्यति नै सन्तुलित पनि गराउनेपर्ने हाम्रो दायित्व भएकाले अहिलेको सरकारलाई हामीले विगतमा पनि भनेकै छौं हाम्रो आरोपै छ । यसले उत्तरतिर जान्छ र लम्पसार परेर दक्षिणलाई डिढ्याउँछ । दक्षिण जान्छ उत्तरलाई चिढ्याउँछ । कहिले हाम्रो त सिद्धान्तै मिल्छ एउटै हौं भन्ने दक्षिणलाई चिढ्याउँछ । त्यसैले हामी यो दुईढुंगाबीच तरुल जस्तै भएका छौं । हाम्रो व्यापार नीति सन्तुलित हुनुपर्छ । शि जिन पिङ नेपाल आउने कुरा महत्वपूर्ण हो । तर, हामीले हाम्रो कुटनीति मर्यादा र पञ्चशीलको सिद्धान्तमा लिनुपर्छ । यो भ्रमणलाई राष्ट्रिय हित, परराष्ट्र नीति अनुकूल, दुई देशबीचको सन्तुलन र पञ्चशीलको सिद्धान्तमा रहेर हामीले व्यवहार गर्नुपर्छ । नेपाली कांग्रेसको पनि सोही अनुसारको स्वागत, सम्मान र भ्रमणलाई उपलब्धीमुलक बनाउने पर्छ भन्ने हो ।

केरुङ–काठमाडौं रेलमार्ग चाहिन्छ हो ?

यो अहिलेको सरकारले ल्याएको जनतालाई अलमल्याएर भुल्याउने नारा हो । चिन सरकारले पनि असम्भव नै भनिराखेको छ । चिनको राजदूत पटक–पटक हाम्रो सरकारको प्राथमिकतामै छैन, भनिराखेको बेलामा यहाँका साथीहरु चीन जाने अनि अब चाँडै रेल आउँदै छ । भनेर उहीबाट अन्तर्वार्ता दिने जस्ता कुराले जनतामा भ्रम सिर्जना गरेको छ । यसमा आम नेपालीले के बुझ्नुपर्यो भने केरुङ–काठमाडौं रेल के का लागि ? नेपालको सामान बिक्रीवितरण चीनको बजार आकर्षक भयो हामीसँग यातायातको साधान नभएर हो कि ? अथवा चीनको सामान नेपालमा निर्यात गर्नुपर्नेभयो उनीहरुसँग साधन नभएर हो ? त्यसैले चीनको आवश्यकता भयो भने रेल नेपाल आउने हो । नेपालको आवश्यकतामा चीनबाट रेल आउने सम्भावना कम देखिन्छ ।

भौतिक पूर्वाधार भनेको व्यापारिक हिसावले धनी मुलुकहरुले गर्दछन् । चीनले नेपाललाई अनुदानमा रेगमार्ग बनाइदिने हो भने मेची–महाली, वीरगन्ज–बेनी, जोगवनी–किमाथांकासम्म बनाइदिए हुन्छ । बनिराखेका तातोपानीका नाकाहरु राम्रो बनाइदिए हुन्छ । यहाँ चीनले हाम्रो मायाले भन्दा पनि आफ्नो व्यापारिक प्रयोजन र वान बेल्ट वान रोडको उद्देश्यले ल्याउने हो भने आउँछ । होइन भने, नेपाली जनतालाई अलमल्याउने बाहेक केही छैन । अहिले केरुङ–काठमाडौं रेलमार्ग मेरो प्राथमिकतामा छैन । File Photo



प्रतिक्रिया दिनुहोस्