Logo

नेपालको सामु १ सय ४६ रनको लक्ष्य



ओमानमा जारी टी–२० पेन्टागुलर शृङ्खला अन्तरगत आयरल्याण्डबिरुद्धको तेस्रो खेलमा नेपालले जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।

आयरल्याण्डले आक्रामक शुरुवात गरे पनि नेपाली बलिङ्गले मध्यक्रमलाई जम्न नदिएपछि आयरल्याण्डले ठूलो नतिजा निकाल्न असफल रह्यो । नेपाली बलिङ्ग निकै राम्रो रह्यो ।

आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए । Photo Source : Youtube



प्रतिक्रिया दिनुहोस्