Logo

सीसँग केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणको सम्झौता हुन्छ : परराष्ट्रमन्त्री



काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ ।

बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका हुन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने तयारी भइरहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्झौता हुने स्पष्ट पार्दै सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको जानकारी दिए ।

तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ । यस अलवा अन्य सहायताको विषयमा पनि छलफल हुने ज्ञवालीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्