Logo

सी भ्रमणमा नेपाललाई सरप्राइज प्याकेजः रेल कि चक्रपथ



काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सरप्राइज प्याकेज सहयोगको प्रसंग उठिरहेको छ । भ्रमणको चार दिन अघि मात्र औपचारिक जानकारीमा आएको मिति जस्तै चीनले दिने सहयोगबारे अझै गोप्य राखिएको छ ।

चीनसँग के सम्झौता हुने अझै स्पष्ट पारिएको छैन । यसबीच रेलको चर्चा चलिरहेको छ । चीनको तिब्बतमा गुड्ने रेल लिंकलाई काठमाडौंसम्म विस्तार गर्ने महत्वाकांक्षी योजनाबारे चासो चलिरहेको छ । यसबीच भिन्न मत रहेपनि चीनले रेल लिंक विस्तारमा सहयोग गर्ने सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा। राजन भट्टराईले औल्याएका छन् ।

रेल सम्झौता भए अनुदान या ऋणमा के हुने हो अन्यौल नै छ । ऋणमा रेलमार्ग बनाउन नहुने कतिपयको भनाई रहँदै आएको छ ।

सरप्राइज प्याकजेमा काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण पनि हुनसक्छ । त्यसका लागि सरकारले तयारी बढिरहेको छ । बाहिरी चक्रपथ निर्माणमा चीनले चासो देखाइरहेको छ । उसले हालको चक्रपथ निर्माणमा पनि सहयोग गरेको थियो । चक्रपथ निर्माणमा चीनले अनुदान दिएको र नेपालले पनि केही प्रतिशत खर्च व्यहोरेको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्