Logo

नेपाल नजिकै यूपीवासी रहेछन् अल कायदाका क्षेत्रीय प्रमुख



भारतको उत्तर प्रदेशको संभाल जिल्लाका बासिन्दा थिए सनौल हक । घरबाट भागेर आइएसमा आवद्ध भएपछि उनको नाम राखिएको थियो असिम ओमार । पाकिस्तान हुँदै हर्कत उल मुजाहिद्दिनमा जोडए ।

ओमार जिहादी बने । उनी अल कायदाको भारतीय उपमहाद्धिप प्रमुख बनाइए । गत महिना मारिएका थिए ओमार । उनी मारिएको पुष्टि अफगानिस्तानले गर्यो । उनका बारेमा जानकारी लिने क्रममा भारतीय नागरिक भएको पुष्टि भयो । नेपालको सुदुरपश्चिमको महेन्द्रनगरबाट एक सय किलोमिटर टाढा उत्तर प्रदेशको संभाल जिल्ला पर्छ । त्यहीका बासिन्दा थिए ओमार । जो घरबाट भागेर अलकायदाको माथिल्लो तहसम्म पुगे ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठनको भारतीय उपमहाद्धिप हेर्ने व्यक्ति नै भारतीय नागरिक थिए भन्ने पत्ता लागेपछि भारतीय अधिकारीहरु नै आश्चर्यमा परेका छन् । सन् १९९५ मा घरबाट हराएका उनको खोजी भइरहेको थियो । ओमारको परिवार गाउँमा हुनेखानेमा पथ्र्यो । उनका बाबु गाउँका मुखिया थिए । हजुरबाबु म्याजिष्ट्रेट थिए ।-एजेन्सी Photo Credit: Scroll



प्रतिक्रिया दिनुहोस्