Logo

दुबईका शासकले किने ४५ करोडको घोडा



एउटा घोडाको मूल्य कति होला ? सामान्यतया केही लाखमा घोडा खरिद गर्न सकिन्छ । तर, यस्ता घोडा पनि छन् जसको मूल्य सोचेभन्दा निकै माथि हुन्छ । त्यसमाथि मनपरेको घोडा पाउन संभ्रान्तहरुले मुखले बोलेजति रकम खन्याउँछन् ।

दुबईका शासक शेख मोहम्द विन रसिद अल मक्तुमले एउटा घोडाका लागि ४५ करोड नेपाली रुपैयाँ बराबरको मूल्य तिरेका छन् । घोडा दौडमा लगाइने उक्त घोडा बेलायतबाट खरिद गरेका हुन् ।

शेख घोडादौडका शौखिन हुन् । उनी सँसारका धनीमध्येका हुन् । तर, उनलाई यसै वर्ष पत्नीले छाडिदिएकी छिन् । पत्नी बेलायतमा लुकेकी छिन् । शेखले भने बेलायतबाटै मनपरेको घोडा खरिद गरे । उनी आफै बेलायतको घोडा विक्रीको सेलमा पुगेका थिए । उनले किनेको घोडा दौडमा अब्बल छ । यसबाट उनले घोडा दौडमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

दुबईलाई अहिलेको अवस्थामा पुर्याउन शेखको मुख्य हात छ । उनी संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री समेत हुन् । –एजेन्सी Photo Source: Business Insider



प्रतिक्रिया दिनुहोस्