Logo

गर्मीलाई उर्जामा परिवर्तन गर्ने नयाँ तरिका



बैज्ञानिकहरुले गर्मीलाई उर्जामा परिणत गर्ने सफल अनुसन्धान गरेका छन् । कसरी गर्मी सोस्ने र कसरी यसलाई विद्युतमा परिवर्तन गर्नेबारे अनुसन्धान गरेका हुन् । यस आविष्कारले कार एक्जोस्ट, इन्टरप्लानेटरी स्पेस प्रोब र औद्योगिक प्रक्रिया जस्ता चीजहरूको तातोबाट अझ बढी सशक्त उर्जा उत्पादन गर्न सक्षम रहेको बताए ।

अहिलेको विद्युतीय उत्पादन भन्दा गर्मीलाई कब्जा गरेर त्यसबाट उर्जा निकाल्ने कुरा निकै प्रभावशाली र अत्याधिक मात्रमा विद्युत निस्किने कुरामा जोड दिएका छन् । आविष्कार प्यारामेग्नस भनिने सानो कणहरूमा आधारित रहेको छ । यो महत्वपूर्ण छ किनभने म्याग्नेटहरू तातो हुँदा उनीहरूको चुम्बकीय शक्ति घट्दै जान्छ र प्याराग्मेनेटिक हुन्छ । यो म्याग्नेटिजमको एउटा प्रवाह हो जसलाई वैज्ञानिकहरूले “स्पिन“ भन्ने गर्छन । यो एक प्रकारको उर्जा सृजना गर्छ । जसलाई म्याग्गन–ड्र्याग थर्मोइलेक्ट्रिसिटी भनिन्छ । चुम्बक तातोबाट उर्जा संकलन गर्ने महत्वपूर्ण अंश हो ।

जब चुम्बकको एक पक्ष तताईन्छ र अर्को पक्ष चिसो हुन्छ त्यसबेला अधिक चुम्बकीय तत्व निस्किने गर्छ । जसले स्पिन उत्पादन हुने गर्दछ । जसले चुम्बकमा रहेको इलेक्ट्रोनहरूलाई धक्का दिन्छ र विजुली सिर्जना गर्ने मदत गर्छ । प्यारामेग्नन्सले इलेक्ट्रोनलाई दोस्रो सेकेन्डको करोडौं भागको लागि धकेल्छ । यसले परामग्मेन्टहरूलाई व्यवहार्य उर्जा उत्पादन गर्ने योग्य बनाउने गर्छ ।

प्यारामेग्ननहरूले सही अवस्थामा आवश्यक स्पिन उत्पादन गर्न सक्छन् कि सक्दैन भन्ने कुराको अनुसन्धानकर्ताहरुले परीक्षण गर्न शुरू गरेका छन् । यस परीक्षणबाट प्यारामेग्ननहरूले सही अवस्थामा स्पिन उत्पादन हुन्छ र यसले सहि मात्रामा इलेक्ट्रा‘न धकेल्ने गर्छ जसले उर्जा उत्पादन गर्न मद्यत गर्छ ।-एजेन्सी 



प्रतिक्रिया दिनुहोस्