Logo

सी इमरान भेट, काश्मिर मामलामा पाकिस्तानको मुख्य स्वार्थको समर्थनको प्रतिवद्धता



चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमणको दुई दिन अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बेइजिङमा भेटेका छन् । भारत जानुअघि उनले भेटेर काश्मिर मामलामा पाकिस्तानको मुख्य स्वार्थलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बुधबारको भेटमा सीले काश्मिरको मामलालाई नजिकबाट नियालिरहेको र यससम्बन्धि महत्वपूर्ण मामलामा पाकिस्तानलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेकाहुन् । सीले काश्मिरमा के ठिक के बेठिक स्पष्ट भएकाले सम्बन्धित पक्षहरुले शान्तिपूर्ण वार्ताबाट समस्याको हल खोज्नुपर्नेमा जोड दिएका छन् ।

सीले भारतसँगको दोस्रो अनौपचारिक सम्मेलनमा भाग लिन जानुअघि इमरानलाई बेइजिङमा निम्त्याएका थिए । उनले स्थितिबारे पाकिस्तानको धारणा प्रत्यक्ष भेटेर जानकारी लिएका छन् । अब उनले चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटमा यी विषयबारे छलफल गर्ने जनाइएको छ ।

पाकिस्तानले काश्मिर मामलामा चीनबाट धेरै अपेक्षा गरेको छ । उसले अन्तर्राष्ट्रिय मञ्चमा अन्य शक्तिशाली देशहरुबाट साथ नपाइरहँदा चीनको साथ पाइरहेको छ ।-एजेन्सी Photo: youtube



प्रतिक्रिया दिनुहोस्