Logo

महराको टुटेको चश्माले दिनसक्छ ‘जर्बजस्ती’ को बलियो प्रमाण



काठमाडौं, २२ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा रोशनी शाहीको कोठामा १२ असोजमा पुगेको तथ्य प्रहरीले फेला पारिसकेको छ । तीनकुने क्षेत्रको सीसीटीभी फुटेज हेरेर प्रहरीले महरा पुगिको निष्कर्ष निकालेको हो ।

अब आयो महराले रोशनीलाई जर्बजस्ती प्रयास गरेको हो कि होइन ? अदालतले बयानलाई मात्र आधार मान्दैन सबुत प्रमाण खोज्छ । महराले कुनै प्रमाण पुग्ने वस्तु रोशनीको कोठामा छाडेको छ छैनन् त्यसमा प्रहरी केन्द्रित छ । रोशीनीको कोठामा एउटा चश्मा फेला परेको छ । भाँच्चिएको त्यो चश्मा महराको हो कि होइन ?

भाँच्चिएको चश्माको बाँकी भाग कहाँ छ ? त्यसको खोजी गरिएको छ । महराले शुरुमा आफू रोशनीको कोठामा नगएको दाबी गरेका थिए । भाच्चिएको भनिएको चश्मा आफ्नो नभएको र आफूसँग चश्मा सुरक्षित रहेको दाबी गरेका थिए ।

अब महरा कोठामा पुगेको हो नै भनेपनि जर्बजस्ती प्रमाणित हुन कठिन छ । रोशनीले बयान दिदैमा त्यसको पुष्टि हुनसक्दैन । उनले स्वास्थ्य परीक्षण गर्न शुरुमा नमानेकीले जर्बजस्तीको स्वास्थ्य रिपोर्ट बन्न सक्ने अवस्था छैन ।

अब उनले छाडेको कुनैपनि प्रमाणविक वस्तुमाथि प्रहरीको ध्यान गएको छ । फुटेको चश्मा कसरी महराकै हो भनी प्रमाणित गर्ने । अब महराको भाच्चिएको चश्मा उनैको हो भन्ने पुष्टि भएमात्र जबजस्ती प्रयासको उजरी बलियो हुनसक्छ । File Photo



प्रतिक्रिया दिनुहोस्