Logo

नेपाल मामलामा अमेरिकालाई चीनको कडा चुनौती- ‘इन्डो प्यासिफिक खोक्रो गफ’



काठमाडौं, २३ असोज । चीनले नेपाललाई अमेरिका या भारतविरुद्धको आफ्नो क्याम्पसमा ल्याउने नियत नराखेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण अघि उसले उसले चीनको नेपालसँगको सुमधुर सम्बन्धलाई अमेरिका या भारतले नेपालमा आफ्नो प्रभाव गुमाउँदै गएको अर्थमा बुझ्नुलाई अतिशयोक्ति समेत भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयको धारणा व्यक्त गर्ने ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनको नियत दक्षिण एशियामा कुनैपनि देशहरुको मित्र समूह पहिचान गर्ने होइन र नेपाललाई अमेरिका वा भारतविरुद्धको क्याम्पमा ल्याउने पनि होइन ।’

लेखको निष्कर्षमा भनिएको छ, ‘चीनको नेपालसँगको सुमधुर सम्बन्धको अर्थ भारत या अमेरिकाले नेपालमा आफ्नो धरातल गुमाउँदै गएको भन्नु अतिशयोक्ति हुनजान्छ ।’ अमेरिकाप्रति चुनौतीपूर्ण शैलीमा इन्डोप्यासिफिक रणनीतिलाई खोक्रो गफमा सिमित बनाउनुभन्दा नेपाल जस्तो भूपरिवेष्ठिक देशलाई वास्तविक लाभ दिलाउन भनेको छ ।

नेपालले चीन र भारतबीचको प्रतिष्पर्धाबाट लाभ लिन सकिने ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भूराजनीतिक यथार्थ र चीनको नेपालमा बढ्दो उपस्थितिलाई मध्यनजगर गरेर भारतले नेपालसँगको सम्बन्धलाई जोड दिइरहेको भन्दै त्यसबाट नेपालले लाभ लिन सक्ने उल्लेख छ । ग्लोबल टाइम्सले भनेको छ, ‘चीनको नेपालमा बढ्दो उपस्थितिलाई दृष्टिगत गरी भारतले नेपालसँगको सम्बन्धलाई विकास गर्न खोज्नु नराम्रो होइन ।’

बीआरआइको नेपालमा महत्व बढेको भन्दै चीनले नेपालमा सम्बन्ध प्रगाढ बनाउँदै लगेको र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । उसले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा कार्यनीतिको अभाव रहेको भनेको छ । लेखमा अमेरिकाको नेपाल नीतिको आलोचना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्