Logo

भ्रष्ट नेताको घरमा साँढे १३ टन सुन भेटिएपछि… (भिडियोसहित)



भ्रष्टाचारको कुनै सीमा हुँदैन । यो तथ्य चीनमा भेटिएको छ जहाँ एक नेताको घरबाट साँढे १३ टन सुन भेटिएको छ । घरको कोठाका दराजहरु सुनले भरिएका थिए । घरभित्र सुनको ईट्टाको ठूलो परिणाम थियो । सुनकै बारहरु लगाइएको थियो । कोठा सुनै सुनले बनाइएको थियो ।

३० अर्ब डलर भ्रष्टाचार गरेको आशंकामा पक्राउ परेका उनको घरको यसै महिना खानतलासी गर्दा साँढे १३ टन सुन बरामद भयो । बरामद सुन घर निर्माण गर्दा प्रयोग गरिएका छन् । घरको कोठाहरु नै सुन जस्तो थियो । सुन बरामदको परिणाम देखेर अनुसन्धानकर्ता नै छक्क परे । खोज्दै जाँदा उनको बैंक एकाउन्टमा मात्र ५२ करोड डलर भेटियो जुन नेपाली रुपैयाँ ६० अर्ब हुनआउँछ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाङ की हाइकु प्रान्तमा खटिएका थिए । ५८ वर्षीय उनले जुन परिमाणको भ्रष्टाचार गरेका थिए त्यो पुष्टि भएमा उनी चीनको सबैभन्दा धनी ज्याक माभन्दा पनि धनी ठहरिनेछन् । ज्याक माको कुल सम्पत्ति ३० अर्ब डलर छ । तर, भ्रष्टाचारको अभियोगमा पक्राउ परेका चाङको कुल सम्पत्ति योभन्दा माथि भेटिएको छ ।

उनीसँग विलासी भिल्लाहरु रहेको पत्ता लागेको छ । चाङ हाइकु प्रान्तका कम्युनिष्ट पार्टी कमिटिका सचिव थिए । उक्त प्रान्तमा ९० लाख जनसंख्या छ । त्यहाँको मेयर बराबर उनको शक्ति थियो । उक्त प्रान्तमा कम्युनिष्ट पार्टीको स्थायी समितिमा पनि थिए ।

चीन सरकारले उनीमाथि भ्रष्टाचारको अभियोगमा छानविन अगाडि बढाइसकेको छ । उनको अभियोग पुष्टि भएमा फाँसीको सजाय सम्म हुनसक्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै आएका छन् । यस क्रममा चीनका उच्च अधिकारीहरु समेत पक्राउ परेर कारबाहीमा परेका छन् ।-एजेन्सी

Photo Source: Peoples Daily

हेर्नुहोस् भिडियो:



प्रतिक्रिया दिनुहोस्