Logo

चीनसँग नेपालले के-के सम्झौता गर्दैछ ? प्रदिप ज्ञवालीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)



काठमाडौं, २३ असोज । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी शनिबार र आईतबार हुन गैरहेको दुई दिने राजकीय भ्रमणमा महत्वपूर्ण सम्झौता हुने खुलासा गरेका छन् । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने बताए ।

बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका हुन् । प्राइम टाइम्स टेलिभिजनबाट बुधबार प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एक/एक योजनामा छलफल गर्ने तयारी भइरहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्झौता हुने स्पष्ट पार्दै सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको जानकारी दिए । तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ । यस अलवा अन्य सहायताको विषयमा पनि छलफल हुने ज्ञवालीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्