Logo

फिफा वरियतामा आफूभन्दा ११७ स्थान माथिको अष्ट्रेलियासँग भिड्दै नेपाल



काठमाडौं, २३ असोज । फुटबलको सर्वोच्च संस्थ फिफा वरियतामा नेपाल १६१ औं स्थानमा छ । अष्ट्रेलिया ४४ औं स्थानमा छ । आज आफूभन्दा ११७ औं स्थान माथिको टोलीसँग नेपाली फुटबल टोली विश्वकप फुटबल छनोटका लागि प्रतिष्पर्धामा उत्रदैछ ।

अष्ट्रेलियाको क्यनबेरास्थित मैदानमा हुने खेलमा नेपाली टोली उच्च आत्मबलका लागि उत्रदैछ । पहिलो खेल कुवेतसँग हारेपनि दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा पराजित गरेर नेपाली टोली उत्साही छ ।

विश्वकप खेलिसकेको शक्तिशाली टोलीसँग नेपालको प्रतिष्पर्धा निकै चुनौतीपूर्ण छ । नेपालका लागि बराबरी गर्नसक्नु ऐतिहासिक उपलब्धि हुनेछ । विगतमा बलिया देशहरुसँगको फुटबल प्रतिष्पर्धामा नेपाली टोलीले गोल धेरै खानेगरेको थियो । यसपटक नेपाली टोली गोलपोष्टलाई सजिलो बन्न नदिने गरी उत्रदैछ ।

अष्ट्रेलियाले सन् २००८ यता घरेलु मैदानमा कुनै पनि खेल हारेको छैन । विश्व चर्चित क्लबहरुमा खेल्ने खेलाडीले भरिएको अष्ट्रेलियाली टोलीसँग नेपाली खेलाडी हरेस खाने पक्षमा छैन ।

नेपाली खेलाडीहरु दशैं नमानी अष्ट्रेलिया पुगे । त्यहाँ नेपाली समुदायको हौसला र प्रेरणा मिल्यो । आज क्यानबेरामा नेपालको खेल हेर्न उल्लेख्य मात्रामा नेपाली समर्थक पुग्ने बुझिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्