Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्री ओलीद्धारा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल



काठमाडौं, २३ असोज । आगामी शनिबारबाट सुरु हुने चिनियाँ राष्ट्रपति शी चिनफिङको दुईदिने राजकीय भ्रमणका बारेमा सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ’प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी छन् ।

यस्तै पूर्व परराष्टमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, सुजाता कोइराला, प्रकाशशरण महत, रमेशनाथ पाण्डे लगायतको पनि सहभागिता छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले गर्न लागेको भ्रमणलाई फलदायी बनाउन छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति शीको भ्रमणका क्रममा नेपाल–चीन रेल्वे लगायत केही सम्झौता हुने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री ज्ञवालीले चीनसँग हुने सम्झौताको बारेमा स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्